पोखरालाई कार्बन तटस्थ शहर बनाउने, अत्याधुनिक फोहोर मैला संकलन केन्द्र सञ्चालन गर्ने, प्लास्टिकको वैकल्पिक प्रयोगलाई प्रोत्साहन गर्ने लगायतका योजना नीति तथा कार्यक्रममा राखिएको छ।
पोखरा– पोखरा महानगरले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नीति तथा कार्यक्रममा फेवाताल संरक्षणलाई प्राथमिकतामा राखेको छ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख धनराज आचार्यले फेवाताल संरक्षणका लागि सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गरिने उल्लेख गरे। फेवातालसहित पोखराका अन्य ताल बेगनास, रूपा लगायत जलाधार तथा सिमसार क्षेत्रको संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा भनिएको छ।
यस्तै, विसं. २१०० सम्ममा पोखरालाई कार्बन तटस्थ शहर, अत्याधुनिक फोहोर मैला संकलन केन्द्र सञ्चालन, प्लास्टिकको वैकल्पिक प्रयोगलाई प्रोत्साहन गर्ने लगायतका कार्यक्रम नीति तथा कार्यक्रममा राखिएको छ।
[नीति तथा कार्यक्रमको पूर्णपाठ]
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
