छियाछिया भएको कांग्रेसलाई पुनर्जीवनको खाँचो छः शशांक कोइराला

कांग्रेस नेता शशांक कोइरालाले कांग्रेसलाई बचाउनका लागि शुभेच्छुक संस्थाहरूले पार्टी नेतृत्वलाई खबरदारी गर्नुपर्ने बताए।

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीलाई पुनर्जीवन दिनपर्ने आवश्यकता रहेको बताएका छन्।

आइतबार पार्टीनिकट नेपाल प्रेस युनियन, काठमाडौँ शाखाको नवौँ अधिवेशनलाई सम्बोधन गर्दै उनले कांग्रेस अहिले छियाछिया भइरहेको भन्दै यसलाई पुनर्जीवन दिनुपर्ने खाँचो रहेको बताएका हुन्। 

जाडो याममा पात झरेपछि रुखले फेर्ने स्वरूपको उदाहरण प्रस्तुत गर्दै उनले भने “अब भविष्यमा नेपाली कांग्रेस कसरी जाने भन्नेबारेमा सोच्नुपर्छ”

नेता कोइरालाले कांग्रेसलाई बचाउनका लागि शुभेच्छुक संस्थाहरूले पार्टी नेतृत्वलाई खबरदारी गर्नुपर्ने बताए। उनले सबैले आफ्नो दायित्व स्पष्ट गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले संविधानमाथि धेरै प्रहार भइरहेको भन्दै नेता–कार्यकर्तालाई सचेत गराए।