एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजन हुनुको कारण स्वचालित थियो वा परिचालित के थियो त्यसको विश्लेषण जरुरी रहेको बताएका छन्।
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्ने बताएका छन्। आइतबार केशवप्रसाद बडालद्वारा लिखित पुस्तक ‘सिंहावलोकन’को लोकार्पण गर्दै उनले यस्तो बताएका हुन्।
उनले नेकपा विभाजन भयो भनेर मात्रै अब नबुझ्ने भन्दै उनले विभाजनका कारणको यथार्थ विश्लेषण गर्ने हो भने भविष्यलाई राम्रो हुने बताए।
उनले पार्टी किन विभाजनसम्म पुग्यो? कस्तो पृष्ठभूमिबाट विभाजनसम्म पुग्यो? भन्ने कुराको यथार्थ नागरिकले थाहा पाउनुपर्ने आवश्यकता रहेको बताए।
उनले नेकपा विभाजन हुनुको कारण स्वचालित थियो वा परिचालित के थियो? त्यसको विश्लेषण जरुरी रहेको बताए।
“विभाजन [नेकपा विभाजन] भयो भन्ने मात्रै कुराभन्दा अलि त्यसलाई किन र कसरी? केका लागि विभाजन भयो? के उद्देश्य थियो? त्यसमा आन्तरिक कारण कति थियो? बाह्य कारण कति थियो? स्वचालित कति थियो? परिचालित कति थियो? रिमोट कन्ट्रोल कति थियो, त्यहीँबाट बटन घुमाउने कति थियो? यो सबै कुराको हामीले यथार्थ विश्लेषण आन्दोलनको हितका लागि गर्यौँ भने त्यसले भविष्यलाई राम्रो हुन्छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
