आगामी आर्थिक वर्ष २०८०/८१ का लागि पोखरा महानगरपालिकाले ७ अर्ब १५ करोड रुपैयाँको बजेट ल्याएको छ।
पोखरा– आगामी आर्थिक वर्ष २०८०/८१ का लागि पोखरा महानगरपालिकाले ७ अर्ब १५ करोड रुपैयाँको बजेट ल्याएको छ। पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले १३औँ नगरसभामा बजेट सार्वजनिक गरेकी हुन्।
पोखरा महानगरले चालु आर्थिक वर्षको तुलनामा घटाएर बजेट सार्वजनिक गरेको हो। चालु आर्थिक वर्षमा पोखरा महानगरले ८ अर्ब ९९ करोड २ लाख २९ हजार रुपैयाँको बजेट ल्याएको थियो। यस्तै, महानगरले असार ८ गतेसम्म ३ अर्ब ८५ करोड ५५ लाख ८४ हजार रुपैयाँ (४३.०५ प्रतिशत) खर्च गरेको छ।
आगामी आर्थिक वर्षको बजेटको स्रोतमा २ अर्ब ७६ करोड ३२ लाख संघीय सरकारबाट प्राप्त हुने छ। यस्तै, प्रदेश सरकारबाट १० करोड ३२ लाख ६२ हजार अनुदान राखिएको छ। साथै, आन्तरिक आयबाट २ अर्ब २७ करोड ८७ लाख बेहोर्ने बजेटले लक्ष्य लिएको छ।
बजेटले संघीय राजस्व बाँडफाँडबाट ३६ करोड ६२ लाख र प्रदेश राजस्वबाट ८ करोड २५ लाख बेहोर्ने लक्ष्य लिएको छ। स्थानीय राजस्वबाट १ अर्ब १ करोड ७५ लाख र संघीय सरकार शहरी विकास आयोजना ८ करोड ४० लाख ९१ हजार प्राप्त हुने अनुमान छ। बजेटमा ४५ करोड ६८ लाख ६५ हजार कम देखिएको छ। सो रकम चालू आर्थिक वर्षबाट बाँकी मौज्दातबाट पूर्ति गर्ने लक्ष्य लिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
