किसानले शुरूमा चिनीचम्पा, मालबोक, इजरायली प्रजातिको केराको खेती गर्दै आएका थिए। पछिल्लो समय खाँदा मिठो हुने, ठूला कोसा भएको र उत्पादनसमेत बढी हुने हुँदा जी–नाइन जातका केरा लगाएका छन्।
झापा- उत्पादन बढी, छिटो आम्दानी र लागत कम हुने भएकाले झापामा केरा खेतीतर्फ किसानको आकर्षण बढेको छ।
कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी गणेश शिवाकोटीका अनुसार जिल्लामा एक हजार ८९० हेक्टर जमिनमा व्यावसायिक उन्नत जातको केरा खेती भइरहेको छ। किसानले एक कट्ठादेखि २५० बिघा जमिनमा केराको व्यवसायिक खेती गर्दै आइरहेको उनको भनाइ छ।
उनले केरा खेतीमा प्रोत्साहन गर्न राज्यबाट दिइने अनुदान, बजारीकरण सहज र कृषि विमा समेत हुने कारणले पनि यसतर्फ किसानको आकर्षण बढेको बताए। जिल्लाको भद्रपुर नगरपालिका, झापा र गौरीगन्ज, बाह्रदशी, कचनकवल गाउँपालिकालगायतका क्षेत्रमा केराको व्यावसायिक खेती भइरहेको छ।
यहाँका किसानले शुरूमा चिनीचम्पा, मालबोक, इजरायली प्रजातिको केराको खेती गर्दै आएका थिए। तर पछिल्लो समय खाँदा मिठो हुने, ठूला कोसा भएको र उत्पादनसमेत बढी हुने हुँदा किसानले जी–नाइन जातका केरा लगाउन थालेका छन्।
गणपति एग्रिकल्चर कृषि फार्मले भद्रपुर नगरपालिका–४ र गौरीगञ्ज गाउँपालिका–५ मा गरी ४१ बिघा जमिनमा जी–नाइन जातको व्यावसायिक केरा खेती शुरू गरेको छ। भद्रपुरमा भद्रपुर गौशालाको १६ र गौरीगञ्जमा स्थानीय किसानको ५७ बिघा जमिन भाडामा लिएर फार्मले २ करोड रुपैयाँको लागतमा केरा खेती शुरू गरेको जनाएको छ।
फार्मका अध्यक्ष वासुदेव उप्रेतीले शुरूमा वीरगन्ज र अहिले बुद्धशान्ति गाउँपालिकाको खुदुनाबारी, गौरादह नगरपालिकाको नर्सरीबाट टिष्यु कल्चरद्वारा उत्पादित केराको बिरुवा ल्याएर रोपण गरिएको बताए। उनले प्रतिगोटा रु ३० का दरले खरिद गरी भद्रपुरमा ३० हजार र गौरीगन्जमा ४० हजार जी–नाइन जातका केराको बिरुवा लगाएको बताए। नौ महिनाअघि भद्रपुरमा १६ बिघा जमिनमा लगाएको बिरुवाको प्रत्येक बोटमा केरा पसाएको छ। उनले सो केरा दसैँ तिहारमा निकाल्ने तयारी रहेको बताए।
स्थानीय गौशालाबाट गोबर मल खरिद गरेर केरामा हाल्दै आएको उनको भनाइ छ। “हामीले ८० प्रतिशत प्राङ्गारिक मलको प्रयोग गरेका छौँ। २० प्रतिशत मात्र युरिया, डीएपी र पोटास मलको प्रयोग गर्छौं,” पाँच जना युवा मिलेर केराको व्यावसायिक खेती गर्दै आएका उनले बताए। गौरीगन्जमा दुई महिनाअघि मात्र २५ बिघा जमिनमा ४० हजार विरुवा रोपण गरेको उनले बताए। बाँकी रहेको ३२ बिघा जमिनमै केराको व्यवासायिक खेती गरिने उनको भनाइ छ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी शिवाकोटीले झन्झटिलो र खर्चिलो धान खेतीको विकल्पको रुपमा किसानले केराको खेती लगाउन थालेको बताए। उनले ज्ञान केन्द्रले हाल जिल्लामा दुईवटा केराको ब्लक सञ्चालन गरिरहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
