सोमबार कारोबारमा आएका २७९ कम्पनीको १ करोड १९ लाख ३ हजार कित्ता शेयर खरिदबिक्री हुँदा पुँजी बजारमा ५ अर्ब ३१ करोड २४ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
काठमाडौँ– साताको दोस्रो कारोबार दिन सोमबार पनि नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ।
आइतबार ६२.२१ अंकले बढेको नेप्से परिसूचक सोमबार ११.६९ अंकले बढेर २१२९.४२ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ३.६६ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.९९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.४० अंकले बढेको छ।
सोमबार कारोबारमा आएका २७९ कम्पनीको १ करोड १९ लाख ३ हजार कित्ता शेयर खरिदबिक्री हुँदा पुँजी बजारमा ५ अर्ब ३१ करोड २४ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आइतबारको तुलनामा सोमबार करिब १ अर्ब बढीले कारोबारमा गिरावट आएको छ। आइतबार ६ अर्ब ४९ करोड ४ लाख १२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो।
सोमबारको कारोबारमा नेप्सेका १३ उपसमूहमध्ये आठ उपसमूहको परिसूचक बढेको छ भने पाँच उपसमूहको परिसूचकमा गिरावट आएको छ। जसमा जलविद्युत्, जीवन बीमा, निर्जीवन, अन्य र व्यापार उपसमूहको परिसूचकमा गिरावट आएको छ। माइक्रोफाइनान्स उपसमूहको परिसूचक सबैभन्दा बढी ३.९९ प्रतिशतले बढेको छ भने फाइनान्स उपसमूहको परिसूचक ३.११ प्रतिशतले बढेको छ।
नेप्से परिसूचक ११.६९ अंकले बढेसँगै हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, वीपीओ वित्तीय संस्थालगायत अन्य सात वटा कम्पनीको ९.९९ प्रतिशतले बढेको छ। तर सुपर म्यादी हाइड्रो पावर कम्पनीको ६.९४ प्रतिशतले मूल्य गिरावट आएको छ। सोमबारको कारोबारमा शिवम् सिमेन्ट्स कम्पनीको ४२ करोड ५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
