जिम्बावेले दिएको ४०८ रनको लक्ष्य पछ्याएको अमेरिकाले २५ ओभरमा सबै विकेट गुमाउँदै १०४ रन मात्रै बनाउन सक्यो।
काठमाडौँ– घरेलु टोली जिम्बावे आईसीसी क्रिकेट विश्वकप छनोटअन्तर्गत समूह ‘ए’को विजेता बन्दै सुपर सिक्समा पुगेको छ। सोमबार सम्पन्न खेलमा जिम्बावेले अमेरिकालाई ३०४ रनले पराजित गरेको हो।
जिम्बावेले दिएको ४०८ रनको लक्ष्य पछ्याएको अमेरिकाले २५ ओभरमा सबै विकेट गुमाउँदै १०४ रन मात्रै बनाउन सक्यो।
अमेरिकाका अभिषेक परधकरले २४ रन बनाए। यस्तै, जेस्सी सिंहले २१ र गजानन्द सिंहले १३ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
जिम्बावेका रिचार्ड नगरावा र सिकन्दर राजाले २/२ विकेट लिए। रायन बर्ल, बर्ड इभान्स र लुकी जगवीको नाममा १/१ विकेट रह्यो।
त्यसअघि हरारेमा टस हारेर पहिले ब्याटिङ थालेको जिम्बावेले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ४०८ रन बनायो।
जिम्बावेका कप्तान सेन विलिम्सनले १०१ बलमा १७४ रनको शतकीय इनिङ्स खेले।
यस्तै, जोयल्र्ड गुम्बेले ७८, सिकन्दर राजाले ४८, राय बर्लले ४७ र इनोसेन्ट कालाले ३२ रन बनाए।
अमेरिकाका अभिषेक परधकरले ३ विकेट लिए। यस्तै, जेशशी सिंहले २ र नोस्तुस केन्जीले १ विकेट लिए।
जितसँगै जिम्बावे समूहका ४ खेलमा शतप्रतिशत जित निकाल्दै समूह ‘ए’ विजेता बनेको छ। जिम्बावे यसअघि नै सुपर सिक्समा पुगिसकेको छ।
अमेरिका भने जितविहीन रहँदै प्रतियोगिताबाट बाहिरिइसकेको छ। यस समूहबाट जिम्बावेसँगै वेस्टइन्डिज र नेदरल्यान्ड्स सुपर सिक्समा पुगेका छन्। अमेरिकासँगै नेपाल पनि बाहिरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
