अर्थमन्त्री प्रकाशशरण महतले सार्वजनिक गर्नुपूर्व नै धेरै छलफल गरिएकोले विधिभित्र रहेर बजेट पारित हुने बताएका छन्।
काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट संशोधन नभईकन पारित हुने दाबी गरेका छन्। सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बजेट असार १३ गते संशोधनबिना पारित हुने दाबी गरेका हुन्।
उनले सीमित स्रोतसाधनलाई मध्यनजर गरेर वर्तमान वास्तविकतालाई ख्याल गर्दै बजेट ल्याएको बताए। उनले बजेटमा समानता भएन भन्ने सांसदहरूको भनाइ आफूले मागे अनुसारको नआएको भन्नेमा मात्रै सीमित रहेको टिप्पणी गरे। उनले बजेटको सीमाभित्र रहेर सम्बोधन गर्नुपर्ने ठाउँमा सम्बोधन हुने पनि उल्लेख गरे।
“बजेटको सीमाभित्र रहेर सम्बोधन गर्ने ठाउँ सम्बोधन हुनेछन्। आएको बजेट नै पास हुन्छ, संशोधन हुँदैन,” उनले भने। मन्त्री महतले बजेट ल्याउनुपूर्व नै धेरै छलफल गरेर ल्याइएको भन्दै विधिभित्र रहेर पारित हुने विश्वास दिलाए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
