नेपाली कलाकारले २०औँ शताब्दीभन्दा अगाडि बनाएका काठका कलाकृति विभिन्न माध्यमबाट क्यानबेरास्थित ‘नेशनल ग्यालरी अफ अस्ट्रेलिया’ पुगेका थिए।
काठमाडौँ– अस्ट्रेलियाको ‘नेशनल ग्यालरी’मा रहेका नेपाली पुरातात्त्विक महत्त्वका चार थान काठका कलाकृति नेपाल फिर्ता ल्याइने भएकोछ।
नेपाली कलाकारले २०औँ शताब्दीभन्दा अगाडि बनाएका काठका कलाकृति विभिन्न माध्यमबाट क्यानबेरास्थित ‘नेशनल ग्यालरी अफ अस्ट्रेलिया’ पुगेका थिए।
नेसनल ग्यालरीले नै कलाकृति नेपाली दूतावासलाई हस्तान्तरण गरेको थियो। यसरी हस्तान्तरण गरिएका चार थान काठका कलाकृति सांग्रीला इन्टरनेशनल फ्रेटले नेपाल ल्याउन लागेको हो।
कूल २२ सेन्टिमिटर उचाइ ४३.६ सेन्टिमिटर चौडाइ र ११ सेन्टिमिटर गहिराइको सानो आयातकार प्यानल एउटा र तीन वटा विभिन्न साइजका ‘आर्क’ शैलीका प्यानल छन्।
पुरातात्त्विक महत्त्वका कलाकृतिको तौल २६ किलो रहेको सांग्रिला कार्गोका कार्यकारी निर्देशक सौगात सिंहले जानकारी दिए।
नेपाल ल्याएपछि ती कलाकृति पुरातत्त्व विभागमा राखिनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
