सडक सम्पर्क टुटेपछि यात्रु तथा बिरामी फड्के र तुइनको सहाराले खोला तर्दै आएका छन्। ताप्लेजुङमा खाद्यान्न अभाव हुन थालेको छ।
पाँचथर– बाढीले पुल बगाएपछि मेची राजमार्गलाई सञ्चालन गराउन पाँचथरको हेवाखोलामा निर्माण थालिएको ‘डाइभर्सन’ अझै पूरा हुनसकेको छैन।
सडक डिभिजन कार्यालय इलामले पुल रहेको स्थानभन्दा केहीमाथि अस्थायी डाइभर्सन निर्माण तीन दिनअघि थालेको थियो। सोमबार साँझसम्म १२ वटा ‘ह्युमपाइप’मार्फत खोला कटाउने प्रयास गरिए पनि सफल हुन सकेको छैन।
ठाडो खोला भएका कारण पानीको बहाव थेग्न नसक्दा ‘डाइभर्सन’मा ‘ह्युमपाइप’ अडिन नसकेको सडक भिडिजन कार्यालय इलामका प्रमुख विदुर पोखरेलले बताए। सोमबार १२ वटै ह्युमपाइपलाई जोडेर पानी हाल्ने प्रयास गरिएको थियो। तर, पानीको बहावका कारण पाइप धसिएपछि ‘डाइभर्सन’ अनिश्चित भएको हो।
थप ह्युमपाइप खोजी गरी खोलाको पानीलाई थप दुई प्रवाहबाट अघि बढाउने प्रयास भइरहेको छ। “थप ह्युमपाइप ल्याई चाँडोभन्दा चाँडो डाइभर्सन सञ्चालन गर्छौँ,” प्रमुख पोखरेलले भने। यस्तै, पानीको बहावलाई कमजोर बनाउन डाइभर्सन नजिकै ढुंगा राखेर अवरोध बनाउने प्रयास पनि गरिने उनको भनाइ छ।
असार दुई गते राति आएको बाढीले हेवाखोलामा पर्ने मेची राजमार्गको पुल र तमोर करिडोरको ‘बेलीब्रिज’ बगाएपछि पाँचथरका हिलिहाङ र याङ्वरक गाउँपालिका तथा ताप्लेजुङ जिल्लासँग सडक सम्पर्कविच्छेद भएको छ।
सडक सम्पर्क टुटेपछि मेची राजमार्गमा अत्यावश्यक कामले यात्रा गर्ने यात्रु तथा बिरामीले फड्के र तुइनको सहाराले खोला तर्दै आएका छन्। खाद्य सामग्रीको आयात तथा कृषिजन्य उपज र दुग्धजन्य पदार्थको निर्यात प्रभावित बनेको छ।
तीन दिनदेखि जारी डाइभर्सन निर्माण सोमबार पूरा हुने भनिएपछि मेची राजमार्गको विभिन्न स्थानमा अड्किएर बसेका सवारीसाधनलाई हिलिहाङ–७ भारपातर्फ राखिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
