एमाले र रास्वपाका सांसदले सरकार निष्पक्ष निर्वाचनको विपक्षमा रहेको आरोप लगाएका छन्।
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल एमाले र रास्वपाले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
जिल्ला निर्वाचन कार्यालयलाई प्रशासन कार्यालय मातहत राख्ने सरकारको निर्णय सच्याउन माग गर्दै एमाले र रास्वपाले मंगलबार बैठककाे शुरूमा नै उठेर विराेध गरेका थिए।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले निर्वाचन कार्यालय खारेज गरी प्रशासन कार्यालयमा गाभ्ने निर्णय लोकतन्त्र विरोधी भएको भन्दै त्रुटि सच्याउन आग्रह सरकारलाई गरे। लाेकत्नत्र बलियाे बनाउने जिम्मेवारीबाट विमुख भएर सरकारले मनोमानी गरेकाे उनकाे भनाइ थियाे।
यस्तै, एमाले प्रमुख सचेतक पदम गिरीले सरकार निष्पक्ष निर्वाचनको विपक्षमा रहेको बताए। निर्वाचनलाई प्रभावित पार्न सरकार नियोजित ढंगले लागेकाे उनकाे आराेप छ। त्यसपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन्।
मंगलबारको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रश्नकाे जवाफ दिने कार्यसूची छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
