दुई मिनट लामो अडियोमा अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पले ‘यी तिनै कागजात हुन्’ भन्दै अमेरिकी रक्षा संयन्त्रको मुख्यालय पेन्टागनको अति–गोप्य योजनाबारे आफ्ना सहयोगीमाझ चर्चा गरेको सुनिन्छ।
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा न्यु जर्सीको बेडमिन्स्टरमा आयोजित बैठकका दौरान ‘वर्गीकृत’ दस्ताबेजहरूबारे छलफल गरिरहेको विशेष अडियो बाहिरिएको छ।
अमेरिकी समाचार संस्था सीएनएनले सोमबार उक्त अडियो आफ्नो लोकप्रिय कार्यक्रम ‘एन्डरसन कूपर ३६०’को माध्यमबाट प्रसारित गरेको थियो। सो रेकर्डिङमा ट्रम्पले आफूसँग इरानमाथि आक्रमणको योजना सम्मिलित पेन्टागनको ‘गोप्य कागजात’ रहेको संकेत गरेका छन्। यो जुनको पहिलो हप्ता संयुक्त राज्य अमेरिकाको न्याय विभागका विशेष सल्लाहकार ज्याक स्मिथले गोप्य जानकारीको गलत प्रयोगको आरोपमा ट्रम्पलाई लगाएको अभियोग प्रमाणको महत्त्वपूर्ण अंश हो।
दुई मिनट लामो अडियोमा अमेरिकी पूर्वराष्ट्रपतिले ‘यी तिनै कागजात हुन्’ भन्दै अमेरिकी रक्षा संयन्त्रको मुख्यालय पेन्टागनको अति–गोप्य योजनाबारे आफ्ना सहयोगीमाझ चर्चा गरेको सुनिन्छ।
“मसँग कागजको ठूलो थुप्रो छ, यो कुरा भर्खरै आयो, हेर्नुहोस्। यो उसकै काम हो। तिनीहरूले मलाई यो दिएका हुन्– यो अफ–द–रेकर्ड हो– तर मलाई यो तिनीहरूले दिएका हुन्। उसले र रक्षा विभागले,” रेकर्डिङमा ट्रम्पले भनेका छन्, “यहाँ हेरौँ त, लामा पन्नामा भएका सबै किसिमका कुरा। अचम्म हैन त? यसले मेरो मुद्दालाई एकदम बलियो बनाउँछ, तर यो गोप्य छ, एकदम गोप्य।”
यसका साथै ट्रम्प र उनका सहयोगीमाझ हिलरी क्लिन्टनको इमेल विवादबारे ठट्टा गरेको गरेको अडियोमा सुनिन्छ।
के भन्छन् ट्रम्पका सहयोगी?
यस प्रकरणबीच ट्रम्पका प्रवक्ताले विज्ञप्ति जारी गर्दै सार्वजनिक भएको टेपले राष्ट्रपति ट्रम्पले कुनै पनि गल्ती नगरेको फेरि एक पटक प्रमाणित भएको बताएका छन्। “राष्ट्रपतिले एन्थोनी वेइनर, जो एउटा विकृत व्यक्ति हुन् र क्लिन्टनको भ्रष्ट चुनावी अभियानमा सम्मिलित थिए, उनको बारेमा व्यङ्ग्यात्मक टिप्पणी गर्दै छन्,” विज्ञप्तिमा भनिएको छ, “मिडिया र ट्रम्पविरोधीहरू फेरि एकपटक डेमोक्र्याट र न्याय विभागले फालेको चारोमा अल्झिएका छन्।”
ट्रम्पले सोमबार राति आफ्नो सामाजिक सञ्जालमार्फत न्याय विभाग र एफबीआईसँगको समन्वयमा विशेष सल्लाहकार ज्याक स्मिथले ‘अवैध रूपमा’ उनको टेप र ‘ट्रान्सक्रिप्ट’ बढाइचढाइ गरेर ‘लिक’ गरेको आरोप लगाएका थिए। “उनीहरूले चुनावमा हस्तक्षेप गर्ने योजनाअनुसार शुरू गरिएको ‘विच्-हन्ट’लाई निरन्तरता दिएका हुन्, यो अर्को धोकाधडी हो,” उनले 'ट्रुथ' नामक आफ्नो निजी समाजिक सञ्जालमा लेखेका छन्।
पृष्ठभूमि के हो?
जुलाई २०२१ मा इरानमाथि आक्रमण गर्ने अति–गोप्य योजनाबारे एक लेखक, प्रकाशक र उनका दुई कर्मचारीलाई जानकारी दिएको आरोपमा ट्रम्पलाई जुनको पहिलो हप्ता ४९ पृष्ठ लामो अभियोग लगाइएको थियो। उक्त अभियोग पत्रमा ट्रम्पविरुद्ध गोप्य जानकारी राखेको आधारमा न्यायमा बाधा पुर्याउने लगायत ३७ वटा आरोप सम्मिलित छन्।
गत हप्ता मात्रै ट्रम्प्ले उनको मुखपत्र भनिने फक्स न्यूजमा ब्रेट बेयरसँगको अन्तर्वार्ताका दौरान २०२१ जुलाईको बैठकमा उनीसँग कुनै पनि गोप्य कागजातहरू नभएको दाबी गरेका थिए। “मसँग कुनै वर्गीकृत कागजात थिएनन्, ती ठूलो मात्रामा रहेका इरान र अन्य मामिला सम्बन्धित लेख भएका कागज थिए ,” उनले अन्तर्वार्तामा भनेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
