कारोबार भएका कुल १३ उपसमूहमध्ये मंगलबार तीन उपसमूहको शेयर मूल्य ओरालो लाग्दा १० उपसमूहको शेयर मूल्य वृद्धि भएको छ।
काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५६.९४ अंकले उकालो लागेर २१८६.३६ पुगेको छ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १३.४० अंकले उकालो लागेर ४१२.५१ मा पुगेको छ। कारोबार भएका कुल १३ उपसमूहमध्ये मंगलबार तीन उपसमूहको शेयर मूल्य ओरालो लाग्दा १० उपसमूहको शेयर मूल्य वृद्धि भएको हो।
कुल एक करोड ३१ लाख सात हजार ८० कित्ता शेयर पाँच अर्ब ४७ करोड ६२ लाख ८७ हजार ७४० मूल्यमा खरिद बिक्री भएको छ। कारोबारका आधारमा स्वावलम्बन लघुवित्त शीर्ष स्थानमा छ। सो कम्पनीको २५ करोड १२ लाख ३३ हजार ६९४ रुपैयाँ बराबरको कारोबार भएको छ।
यस्तै, शिवम् सिमेन्टको २२ करोड ६३ लाख ४५ हजार २१८, सोल्टी होटलको २२ करोड ४२ लाख २९ हजार ६३८, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १३ करोड १४ लाख २० हजार २८७ र हिमालयन डिस्टिलरीको १२ करोड ४८ लाख ९७ हजार ६६८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार निर्धन उत्थान लघुवित्त, डिप्रोक्स लघुवित्त, हिमालयन लाइफ इन्स्योरेन्स, नेरुडे लघुवित्त, गरिमा विकास लघुवित्तलगायत कूल २८ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ।
यस्तै, सिक्लेस हाइड्रोपावर ३.८८, गरिमा बैंकको ऋणपत्र ३.०८, राष्ट्रिय बीमा कम्पनी २.४९, सेन्चुरी बैंकको ऋणपत्र १.९१ र बलेफी हाइड्रोपावरका लगानीकर्ताले १.६९ प्रतिशतले कमाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
