अर्थमन्त्री डा. प्रकाशशरण महतले सम्बन्धित मन्त्रालय र वडाध्यक्षको तहबाट थोरै भए पनि बजेट पार्न दबाब आएको बताएका छन्।
काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले दबाब थेग्न नसकेर स–साना आयोजनामा संघबाटै बजेट विनियोजन गरेको बताएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै अर्थमन्त्री महतले आफू संघीय सरकारबाट स–साना आयोजनाका लागि थोरै रकम विनियोजन गर्ने पक्षमा नभए पनि दबाब थेग्न नसकेर विनियोजन गरेको बताएका हुन्।
उनले सम्बन्धित मन्त्रालय र वडाध्यक्षको तहबाट थोरै भए पनि बजेट पार्न दबाब आएको बताए। उनले आगामी दिनमा भने प्राथमिकताका क्षेत्र तोकेर बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे।
“सम्बन्धित मन्त्रालयबाट आएको दबाब, वडाध्यक्षसमेत हाम्रो वडामा त अलिकति बजेट छ, राख्नुपर्यो भनेर आए। मैले पनि त्यसलाई थेग्न सक्ने अवस्था थिएन। कहाँ–कहाँ प्राथमिकताको क्षेत्र छन् हेरेर गर्ने कुरा आगामी दिनमा मिलाउँदै जान्छौँ,” उनले भने।
मन्त्री महतले परिणाममुखी बजेट ल्याइएको बताए। उनले बजेटले राजस्वको दायरा बढाउने बताए। उनले बाह्य निर्भरतालाई कम गर्ने गरी बजेट आएको पनि उल्लेख गरे। उनले चालु खर्च घटाउन सक्ने अवस्था नभए पनि धेरै बढ्न नदिने कुरामा सरकार सचेत रहेको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
