सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकलाई भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न दृढ भएर अघि बढेको अवस्थामा सरकार परिवर्तन हुने कुरा हल्ला मात्रै भएको प्रस्ट्याइन्।
काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिले नै सरकार ढल्छ भन्नु अफवाह मात्रै भएको बताएकी छन्।
नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाउने चर्चा भइरहेका बेला मंगलबार मन्त्रिपरिषद्ले गरेका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सरकारका प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री शर्माले तत्काल सरकार ढल्नुपर्ने कारण नभएको बताइन्।
“सरकार ढल्ने हल्ला मैले सुनेको छैन। सरकार ढल्नुपर्ने कारण केही छैन। सरकार राम्रोसँग चलिरहेको छ,” उनले भनिन्।
उनले वर्तमान सरकार मुलुकमा सुशासन कायम गर्ने प्रतिबद्धताअनुसार अघि बढिरहेको दाबी गरिन्। उनले मुलुकलाई भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्न दृढ भएर अघि बढेको अवस्थामा सरकार परिवर्तन हुने कुरा हल्ला मात्रै भएको प्रस्ट्याइन्।
मन्त्री शर्माले बालुवाटार जग्गा प्रकरणमा सरकारले अध्ययन र अनुसन्धान गर्दा भेटिएका प्रमाणका आधारमा आरोपीहरूलाई पक्राउ गरिएको प्रतिक्रिया दिइन्।
“सरकारले बालुवाटार जग्गा प्रकरणमा छानबिन गर्नु हठात् हुँदैन। यस्तो कुरामा गहिरो अध्ययन अनुसन्धान हुन्छन्। प्रमाण पुर्याउनुपर्ने हुन्छ हठात् भन्ने कुरा हुँदैन। यो लामो समयदेखि अनुसन्धानमा थियो। केही व्यक्तिहरू पक्राउ परेको कुराहरू आएको छ,” उनले भनिन्।
अनुसन्धान गर्दा माथिल्लो तहका वा तल्लो तह जुनसुकै व्यक्ति दोषी देखिए कारबाहीको दायरामा सरकारले ल्याउने उनको भनाइ छ। “भ्रष्टाचारको मुद्दामा सरकार कुन तहमा जाने नजाने भन्नेभन्दा पनि जसको विरुद्धमा प्रमाण पुग्छ। जसलाई अनुसन्धानले प्रमाण पुग्ने देख्छ। उनीहरूमा आकर्षित हुने हो। कहाँसम्म पुग्छ भन्दा पनि अनुसन्धानले कहाँ पुर्याउँछ भन्ने कुरा हो,” उनले भनिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
