उच्च अदालत पाटनबाट पक्राउविरुद्ध पहिल्यै ‘स्टे–अर्डर’ लिएका कलाधर देउजा, हुपेन्द्रमणि केसी र सुरेन्द्रमान कपाली रिहा भएका छन्।
काठमाडौँ– ललिता निवास जग्गा हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नियन्त्रणमा लिएका तीन जनालाई रिहा गरेको छ। ललिता निवास जग्गा हिनामिना प्रकरणको अनुसन्धान गरिरहेको सीआईबीको टोलीले विभिन्न स्थानबाट सात जनालाई नियन्त्रणमा लिएको थियो।
सीआईबीका प्रवक्ता सञ्जयसिंह थापाका अनुसार मंगलबार पक्राउ परेका मध्ये तीन जनाले अदालतबाट स्टे–अडर लिएको भेटिएपछि उनीहरूलाई छोडिएको हो।
कलाधर देउजा, हुपेन्द्रमणि केसी र सुरेन्द्रमान कपालीले उच्च अदालत पाटनबाट पहिल्यै पक्राउविरुद्ध ‘स्टे–अर्डर’ लिएको भेटिएको हो। “अब उनीहरूको हकमा त्यही आदेशअनुसार प्रक्रिया अघि बढ्छ,” उनले भने।
सीआइबीस्रोतका अनुसार उनीहरूलाई आफन्तको रोहबरमा मंगलबार नै रिहा गरिएको छ। उनीहरूमाथि बाहिरबाटै अनुसन्धान गरिने छ।
सीआईबीको टोलीले निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहितका व्यक्तिलाई पनि पक्राउ गरेको छ। ललिता निवास जग्गा प्रकरणमा किर्ते र ठगी मुद्दामा अनुसन्धान गरिरहेको ब्युरोले उनीहरूलाई पक्राउ गरेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
