पूर्वप्रमुख आयुक्त दीप बस्न्यातका निजी सुरक्षा अधिकृत सई सीताराम बस्नेतले प्रहरी प्रधान कार्यालयमा रिपोर्ट गरेपछि उनी फरार भएको जानकारीमा आएको थियो।
काठमाडौँ– ललिता निवास जग्गा प्रकरणमा प्रहरीले नयाँ शिराबाट अनुसन्धानका लागि धरपकड शुरू गर्नुअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात फरार भएका छन्। बस्न्यात बिहान साढे ६ बजे नै उनलाई उपलब्ध गराइएको निजी सुरक्षा अधिकृत (पीएसओ) को सम्पर्कबाहिर गएका हुन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १० बजेतिर व्यवसायी मीनबहादुर गुरुङलाई पक्राउ गरेको थियो। बस्नेतका पीएसओ प्रहरी नायब निरीक्षक (सई) सीताराम बस्नेतले प्रहरी प्रधान कार्यालयमा रिपोर्ट गरेपछि बस्नेत त्यसअघि नै फरार भएको जानकारीमा आएको थियो।
सई बस्नेतका अनुसार निवासमा सशस्त्र प्रहरीको ड्युटी हुने भएकाले उनी चाहिँ पूर्व प्रमुख आयुक्त बस्न्यात घरबाहिर निस्किने बेलामा पुग्थे। “आज निवासबाट फोन नआएपछि बुझ्दा उहाँ बिहानै घरबाट निस्केको थाहा भयो,” सई बस्नेतले भने।
२०७६ साल माघ २२ गते १७४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्दा भौतिक पूर्वाधार तथा यातायात सचिवका रूपमा सरकारी स्वामित्वको जग्गा निजी बनाउने भूमिका खेलेकोमा आफ्नै पूर्वप्रमुख आयुक्त बस्न्यातलाई पनि अख्तियारले प्रतिवादी बनाएको थियो।
मुद्दा दर्ताको समयमा फरार रही पछि अदालतमा हाजिर भएका उनलाई २०७७ मंसिर २२ गते विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। कोभिड महामारीका साथै स्वास्थ्यसम्बन्धी अन्य समस्या देखाई बस्न्यातले दिएको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्चले उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
