छिटो राहदानी बनाइदिने भन्दै विश्वासमा पारी अतिरिक्त रकम असुल्ने र हैरानी दिने तथा कर्मचारीको कामकाजमा समेत अवरोध पुर्याएको भन्दै प्रहरीले आठ जना विचौलियालाई पक्राउ गरेको छ।
काठमाडौँ– छिटोछरितो राहदानी बनाइदिने भन्दै सेवाग्राहीलाई दुःख दिने र रकम असुल्ने गरेको अभियोगमा प्रहरीले आठ जना विचौलियालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्द गाउँपालिका–४ का २६ वर्षीय सञ्जय आङ्देम्बे, काठमाडौँ, शङ्खरापुर–६ का ३२ वर्षीय ख्यामबहादुर श्रेष्ठ, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–३ का २५ वर्षीय प्रेमबहादुर लामा, सोही ठाउँकी १८ वर्षीय भगवान तामाङ रहेका छन्।
त्यस्तै, सुर्खेत बराहताल गाउँपालिका–१० का २९ वर्षीय टेकबहादुर सुनार, दोलखा भिमेश्वर–२ का ३० वर्षीय साजन श्रेष्ठ, रामेछाप रामेछाप नगरपालिका–५ का ४० वर्षीय गोकुलबहादुर श्रेष्ठ र सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–३ का ३८ वर्षीय जीवन लामालाई पनि प्रहरीले पक्राउ गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार, उनीहरूले राहदानी विभागको मूल गेटबाहिर सेवाग्राहीलाई छिटो राहदानी बनाइदिने भन्दै विश्वासमा पारी अतिरिक्त रकम असुल्ने र हैरानी दिने तथा विभागका कर्मचारीको कामकाजमा समेत अवरोध पुर्याउने कार्य गरेको भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो।
पक्राउ परेका आठै जनालाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
