मस्कोको सेना र रुसमा विद्रोह गर्ने वाग्नर समूहबीच लामो समयदेखि रहँदै आएको तनावलाई गलत तरिकाले व्यवस्थापन गरिएको बेलारुसका शक्तिशाली नेता लुकाशेन्कोले दाबी गरेका छन्।
बेलारुसका शक्तिशाली नेता अलेक्जेन्डर लुकाशेन्कोले वाग्नर समूहलाई व्यवस्थापन गर्न रुस चुकेको आरोप लगाएका छन्।
मस्कोको सेना र रुसमा विद्रोह गर्ने वाग्नर भाडाको समूहबीच लामो समयदेखि रहँदै आएको तनावलाई गलत तरिकाले व्यवस्थापन गरिएको उनको दाबी छ। आफ्ना रुसी सहयोगी भ्लादिमिर पुटिनलाई झकझकाउने विद्रोह अन्त्यका लागि मध्यस्थता गरेको तीन दिनपछि लुकाशेन्कोले यस्तो प्रतिक्रिया दिएका हुन्।
“हामीले सहज परिस्थितिलाई गुमायौं र सोच्यौँ यो आफैँ समाधान हुनेछ, तर त्यसो हुन सकेन,” विद्रोह गर्ने वाग्नर प्रमुख येभगेनी प्रिगोजिन र उनका प्रतिद्वन्द्वी रक्षामन्त्री सर्गेई शोइगुतर्फ संकेत गर्दै लुकाशेन्कोले भने, “मोर्चामा लडेका दुई व्यक्ति आपसमा लडेका थिए, यस मामिलामा कुनै नायक छैनन्।”
पर्यवेक्षकहरूले रुसका केही ‘सिलोभिकी’ अर्थात् सुरक्षा संयन्त्रका सदस्य र उनीहरूका नजिकका व्यक्ति पनि पुटिनसँग असन्तुष्ट हुने बताएका छन्।
लुकाशेन्कोले विद्रोहका क्रममा आफूले आफ्नो सेनालाई युद्धका लागि तयार रहन आदेश दिएको पनि बताएका छन्।
यस्तै, लुकाशेन्कोले रुस ‘ढलेको’ खण्डमा’ हामी सबै मर्नेछौं’ भन्दै पश्चिमा मुलुकले कुनै पनि ‘उथलपुथल’को ‘फाइदा’ लिने चेतावनी दिएका छन्। लुकाशेन्कोको मध्यस्थतामा भएको सम्झौताअनुसार प्रिगोजिन बेलारुस जाने अपेक्षा गरिएको छ।
यता पुटिनले भने वाग्नर लडाकुलाई बेलारुस जाने वा नियमित रुसी सेनामा सामेल हुने अवसर पनि दिइने बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
