असार दुई गतेको बाढीले हेवाखोलाको पुल बगाएपछि ठप्प भएको यातायात मंगलबार 'डाइभर्सन' बनाएर आंशिक रूपमा सञ्चालनमा ल्याइएको थियो।
काठमाडौँ– हेवाखोलामा बनाइएको ‘डाइभर्सन’ बाढीले बगाएपछि मेची राजमार्ग पुनः अवरुद्ध भएको छ।
गएरातिको बाढीले पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने अस्थायी डाइभर्सन बगाएको पाँचथर प्रहरी प्रमुख हरि खतिवडाले जानकारी दिए।
हेवाखोलामा बाढी आई डाइभर्सनभन्दा माथिबाट खोला बग्न थालेको छ। बाढीले डाइभर्सन बगाएपछि यातायात सञ्चालन पूर्ण रूपले अवरुद्ध भएको डीएसपी खतिवडाले बताए।
राजमागर्ग अवरुद्ध भएपछि ताप्लेजुङबाट तराई झरेका र तराईबाट ताप्लेजुङका लागि छुटेका सवारी तथा यात्रु रोकिएका छन्।
गत असार दुई गतेको बाढीले हेवाखोलाको पुल बगाएपछि ठप्प भएको यातायात मंगलबार डाइभर्सन बनाएर आंशिक रूपमा सञ्चालनमा ल्याइएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
