दाेधारा चाँदनीका ४१ राना परिवारले २०६३ सालदेखि व्यावसायिक तरकारी खेती गरिरहेका छन् ।
महेन्द्रनगर— कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ नयाँ बस्तीका किसान व्यावसायिक तरकारी खेतीमा लागेका छन्।
राना समुदायको बसोबास रहेको गाउँका ४१ परिवारको आम्दानीको मुख्य स्रोत तराकारी हो। २०६३ सालदेखि समूह बनाएर तरकारी खेती गरिरहेको किसान नाथुराम रानाले बताए।
"७५ बोट बैगुन लगाएर खेती सुरु गरेँ", विगत सम्झिँदै उनले भने, "अहिले विस्तार गर्दै १५ कठ्ठामा लगाएको छु।" प्रत्येक परिवारले दुई कठ्ठादेखि तीन बिघासम्ममा तरकारी लगाएको उनले बताए। "हामी राना परिवारको मुख्य आम्दानीको स्रोत नै तरकारी", उनले भने, "यसकै कमाइले घरखर्च धानेर बचत पनि गर्न पुगिरहेको छ।"
सुदामा राना अरुभन्दा तरकारीमा फाइदा हुने सुनाउँछन्। "मेहेनत गर्न सक्यो भने अन्य बालीको तुलनामा तीन गुणा बढी फाइदा हुन्छ", उनले भने, "कहिलेकाहीँ भने बजार समस्याले चुनौती थपिदिन्छ।" भारतबाट आउने तरकारीले स्थानीय उत्पादनमा समस्या गर्ने गरेको उनको गुनासो छ। आफूहरूले विषादीरहित तरकारी उत्पादन गरेर बेचिरहेको मीना रानाले बताइन्।
"बजारमा स्थानीय उत्पादनलाई हेला गर्ने परम्परा छ," उनी भन्छिन्, "हाम्रो तरकारी विषादीरहित हुन्छ। यहाँ भने राम्रोभन्दा पनि सस्तो हेर्ने चलन छ।" शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा रहेको यो बस्तीमा राना समुदायले घरबास (होमस्टे) पनि चलाएका छन्। पर्यटकलाई आफ्नै उत्पादनको स्वाद दिलाउँदा सुखी भएर जाने गरेको मीनाले बताइन्।
तरकारी बेचेर वर्षमा तीन लाखसम्म आम्दानी हुने गरेको उनको भनाइ छ। तरकारी खेती गर्ने अधिकांश महिला छन्। पुरुष अन्य काम गर्न जाने र घरमा महिलाले तरकारी खेती गरेर घरखर्च जोहो गर्ने उनी बताउँछिन्। यहाँका किसान बैलगाडा, मोटरसाइकल र टाउकामा बोकेर तरकारी बेच्न महेन्द्रनगर बजार पुग्ने गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
