मोरङको पथरी, कानेपोखरी, लेटाङ, भाउन्ने, बेलबारीलगायत सामुदायिक वनमा निगुरो टिप्न बिहानदेखि साँझसम्म स्थानीयको भीड लाग्छ। पूर्व–पश्चिम राजमार्गका यात्रुको रोजाइमा परेको छ, यहाँको निगुरो।
बेलबारी– शहरी श्रेत्रमा माग बढेसँगै जंगलमा निगुरो टिप्नेको संख्या ह्वात्तै बढेको छ। अर्ग्यानिक तरकारीका रूपमा परिचित निगुरो पूर्वी नेपालका जंगलमा प्रशस्त मात्रामा पाइन्छ।
मोरङको पथरी, कानेपोखरी, लेटाङ, भाउन्ने, बेलबारीलगायत सामुदायिक वनमा निगुरो टिप्न बिहानैदेखि साँझसम्म स्थानीयको भीड लाग्छ। सयौँ परिवारको गुजारा निगुरो टिपेरै चलेको छ। राजमार्ग आवतजावत गर्ने यात्रुको कोसेलीको रोजाइमा परेको छ, यहाँको निगुरो।
बेलबारी–१० भाउन्नेकी आच्छामाया राई ६८ वर्ष पुगिन्। उनी दैनिक ३० देखि ४० मुठासम्म निगुरो टिप्छिन्। प्रतिमुठा २५ रुपैयाँमा बेच्ने गरेको राईले सुनाइन्। उनीजस्ता सयौँ महिलाले यस क्षेत्रमा निगुरो टिपेर नै परिवार चलाइरहेका छन्। भाउन्नेमा विगत २८ वर्षदेखि निगुरोको व्यापार गर्दै आएकी भद्रमाया भट्टराईका अनुसार अहिले काठमाडौँबाट निगुरोको माग धेरै आउन थालेको छ।
“केही वर्ष अघिसम्म अहिलेको जस्तो निगुरो काठमाडौँ पठाइन्नथ्यो,” उनी भन्छिन्, “बजारको खोजीमा इटहरी, दमक, बिर्तामोडसम्म पुग्थ्यौँ। अहिले अरूले टिपेर ल्याएको निगुरो हामी संकलन गर्छौँ र हामीबाट काठमाडौँका व्यापारीले किनेर लैजान्छन्।”
यस क्षेत्रबाट दैनिक निगुरो राजधानीलगायत अन्य शहरमा बिक्रीका लागि जाने गरेको लक्ष्मी सामुदायिक वनका अध्यक्ष सुजय गौतमले बताए। वार्षिक झण्डै एक करोडभन्दा बढीको निगुरो बाहिर जाने उनको भनाइ छ। मोरङमा १३४ सामुदायिक वन छन्। पथरी, बेलबारी, कानेपोखरी र सुन्दरहरैँचाका सामुदायिक वनमा धेरै मात्रामा निगुरो पाइन्छ।

जिल्ला वन कार्यालय मोरङका डिभिजन वन अधिकृत विष्णुलाल घिमिरे निगुरोसम्बन्धी कार्यक्रम सामुदायिक वनको कार्ययोजनामा नै राख्न लगाउने बताउँछन्। चैत दोस्रो हप्तादेखि जंगलमा टिप्न मिल्ने निगुरो असोज अन्तिमसम्म पाइन्छ। तर, यसवर्ष सुक्खा खडेरीले गर्दा वैशाखसम्म पलाउन सकेको थिएन।
कृषिविज्ञ डा. राजेन्द्र उप्रेतीका अनुसार निगुरो उन्यू प्रजातिको वनस्पति भएकाले यो चिस्यान क्षेत्रमा मात्र राम्ररी फस्टाउँछ। समयमा पानी नपरेर जमिन सुक्खा हुँदै गएमा निगुरो मासिन सक्ने उप्रेती बताउँछन्। निगुरोमा प्रोटिन, भिटामिन, क्याल्सियमलगायत पोषकतत्व पाइने उनले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
