हाम्रो आमा हाल ७४ वर्षको वृद्ध तथा मुटु रोगको पीडित भई मानसिक रूपमा समेत कमजोर अवस्थाको हुनुहुन्छ। उहाँले आफूले बोलेको कुरा तथा कामसमेत याद गर्न नसक्ने अवस्थाको हुनुभएको छ।
हामी अनन्तमाया घिमिरेका छोरा, छोरी तथा नाति नाताका व्यक्ति हौँ। हामीले हाम्रो आमालाई लालनपालन, हेरचाह र स्वास्थ्योपचार गरी स्याहारसुसार गर्दै आएका छौँ।
हाम्रो आमा हाल ७४ वर्षको वृद्ध तथा मुटु रोगको पीडित भई मानसिक रूपमा समेत कमजोर अवस्थाको हुनुहुन्छ। उहाँले आफूले बोलेको कुरा तथा कामसमेत याद गर्न नसक्ने अवस्थाको हुनुभएको छ। आमा अनन्तमाया घिमिरेलाई यही २०७९ साल असोज महिनामा हामीहरूको कान्छी बहिनी प्रतीक्षा घिमिरेसमेतले भारतको मेदान्त हस्पिटलमा हामी कसैलाई जानकारी नदिई मुटुको शल्यक्रिया गराउनुभएको रहेछ।
निजले सो समय उपचार गर्न लागेको कुरा हामी कसैलाई थाहा जानकारी नदिएको, त्यहाँबाट आएदेखि नै आमाको स्वास्थ्य अवस्था बिग्रँदै गएकाले हामीले २०७९ पुस महिनामा गंगालाल अस्पताल तथा नर्भिक अस्पतालमा आमाको मुटुको उपचार गराई अस्पतालले २०७९ माघ १ गते डिस्चार्ज गरी घरमा लगेर राखेका हौँ।
आमाको स्वास्थ्य परीक्षण प्रतिवेदन तथा डाक्टरको राय र परामर्शअनुसार आमालाई नराम्रो कुराहरू सुनाउन नहुने र शान्त स्थानमा राख्नुपर्ने अवस्था थियो। यसैक्रममा हाम्रो कान्छी बहिनी प्रतीक्षा घिमिरेले आमालाई आफ्नो साथमा राख्न र आमाको नाममा रहेको सम्पत्ति हत्याउनको लागि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन हालेर हामीले अस्पतालमा नै म्याद बुझेका हौँ। निजको सो रिटसमेत हाल खारेज भइसकेको छ।
त्यसभन्दा पहिले पनि निजले आमाको खातामा भएको करिब चार करोड जति पैसा आमाको चेकमा पनि आफैले सही गरी निकाल्ने र स्थानान्तरण गरी आफ्नो छोरा प्रसिद्ध शर्माको खातामा हाल्नुभएको रहेछ। साथै आमालाई ललाई फकाई काठमाडौँ जिल्ला मुलपानीको पाँच आना जग्गासमेत आफ्नो नाममा राजीनामा गरिसक्नुभएको रहेछ। हाल आएर आमाको नाममा रहेको करिब ६ आना जति जग्गा र सोमा बनेको घरसमेत आफूले नै लिनको लागि निज प्रतीक्षा घिमिरेले विभिन्न हत्कण्डा गर्दै आउनुभएको थियो।
सोही विषयमा हामी निवेदकहरू र निजबीच वादविवाद भई आमालाई कसले पाल्ने भन्ने सम्बन्धमा २०७९ फागुन २७ गते बालकोट प्रहरीमा निवेदन परी छलफल गर्दा समेत आमा निजसँग बस्न नमानेको र निजले विवाद गरेकोले बालकोट प्रहरीले प्रहरी वृत्त ठिमीमा पठाई छलफल गरी आमालाई हामीले नै पाल्नेगरी घरमा लगेका हौँ। आमाको स्वास्थ्य अवस्थालाई ख्याल गरी हामी निवेदकहरूले स्याहार सुसार गरी घरमा राखेको थियौँ। आमा पनि खुसीसँग हामीसँग नै बस्दै आउनुभएको थियो।
यो अवस्था रहँदारहँदै उकालो अभियानका पत्रकारहरू २०८० वैशाख १९ गते करिब १४ः३० बजेतिर अनन्तमायालाई भेट्नु छ भनी हाम्रो घरमा आउनुभयो। भिडियो र फोटो पनि खिच्नुभयो। सोही दिन राति ‘सम्पत्ति हत्याउन सन्तानबाट घरभित्रै बन्धक बनाइएकी ७४ वर्षीया अनन्तमाया’ शीर्षकको समाचार भिडियोसहित प्रसारण गरेको रहेछ।
सो समाचारले हामी निवेदकहरूको परिवारकै आत्मसम्मानमा चोट पुगेको, चिनेजानेका मान्छेहरूले पनि नराम्रो टिप्पणी गरेको, हाम्रो व्यक्तिगत विवरण तथा घरायसी निजी विषयवस्तु सार्वजनिक गरी हाम्रो गोपनीयता भंग भएकाले यो समाचारको हाम्रो खण्डन प्रकाशित गरिदिनुहुन अनुरोध गर्दछौँ।
उर्मिला घिमिरे, बल्लभमणि घिमिरे र रिजन भट्टराई
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
