अष्ट्रियाको राजधानी भियना लगातार दोस्रो वर्ष बस्नका लागि सबैभन्दा शहर भएको छ। पाकिस्तानको कराँची र बंगलादेशको ढाका युद्धग्रस्त युक्रेनको राजधानी किभभन्दा पनि बस्न अयोग्यमा परेका छन्।
अष्ट्रियाको राजधानी भियना सन् २०२३ मा बस्नका लागि सबैभन्दा योग्य शहरको पहिलो नम्बरमा परेको छ। ‘द इकोनोमिस्ट इन्टेलिजेन्स युनिट’ (ईआईयू) ले अघिल्लो साता प्रकाशित गरेको सूचीमा भियना लगातार दोस्रो वर्ष बस्न योग्य शहरमा परेको हो। पछिल्लो पाँच वर्षमा चारपटक भियना यो सूचीको पहिलो नम्बरमा परेको छ।
ईआईयूले विभिन्न १७२ शहरलाई समेटेर यो सूची प्रकाशित गरेको छ। मूल्यांकनमा पाँच वटा मापदण्ड स्वास्थ्य सेवा, संस्कृति, वातावरण, शिक्षा र स्थिरतालाई आधार बनाइएको थियो। भियना पहिलो नम्बरमा पर्नुमा त्यहाँको स्थिरता, राम्रो पूर्वाधार, बलियो शिक्षा र स्वास्थ्य सेवा तथा पर्याप्त संस्कृति र मनोरञ्जनको अतुलनीय संयोजन रहेको जनाइएको छ।
दोस्रो स्थानमा डेनमार्कको राजधानी कोपनहेगन परेको छ। त्यस्तै, तेस्रो र चौँथो स्थानमा अष्ट्रेलियाका दुई शहर मेलबर्न र सिड्नी छन्। यो सूचीको पाँचौँ स्थानमा क्यानडाको भ्यान्कोभर शहर छ। यो सूचीको शीर्ष १० मा एशियाको एक मात्र शहर जापानको ओशाका छ।
सूचीको सबैभन्दा बस्न अयोग्य शहरमा सिरियाको राजधानी दमास्कसलाई राखिएको छ। त्यहाँको अशान्त र हत्याहिंसाले बस्न अयोग्य शहर भएको जनाइएको छ। त्यस्तै बस्न आयोग्य शहरको दोस्रो नम्बरमा लिबियाको त्रिपोली र तेस्रोमा अल्जेरियाको अल्जियर्स छन्।
बस्न अयोग्यको सूचीको शीर्ष १० मा दक्षिण एशियाका दुई शहर छन्। पाँचौँ नम्बरमा पाकिस्तानको कराँची र सातौँमा बंगलादेशको राजधानी ढाका छन्। यी शहर युद्धग्रस्त युक्रेनको राजधानी किभभन्दा पनि बस्न अयोग्यमा परेका छन्। किभ अयोग्यको सूचीको नवौँ नम्बरमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
