बुधबारको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.७६ अंकले ओरालो लागेर ४०२.७५ मा सीमित भएको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये एक उपसमूहको मात्रै शेयर बढेको छ।
काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३५ दशमलव ३७ अंकले घटेर २१५०.९९ मा सीमित भएको छ।
बुधबारको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.७६ अंकले ओरालो लागेर ४०२.७५ मा सीमित भएको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये एक उपसमूहको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ। १२ उपसमूहको शेयर मूल्य घटेको छ।
बुधबारको कारोबारमा विभिन्न कम्पनीका कूल एक करोड ३३ लाख ४२ हजार नौ सय ९६ कित्ता शेयर पाँच अर्ब ९७ करोड २२ लाख ८६ हजार ४८१ रुपैयाँमा खरिद बिक्री भएका छन्। कारोबार रकमका आधारमा हिमालयन लायफ इन्स्योरेन्स शीर्ष स्थानमा छ। उक्त कम्पनीको ८३ करोड ७० लाख ३६ हजार ७९१ रुपैयाँ बराबरको कारोबार भएको छ।
त्यस्तै, शिवम् सिमेन्ट २८ करोड २२ लाख ६७ हजार ५५९, सोल्टी होटल २३ करोड ५६ लाख ३८ हजार ९९९, एशियन लाइफ इन्स्योरेन्स १९ करोड ५० लाख ७२ हजार र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स १७ करोड २७ लाख ७६ हजार २७४ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार हिमालयन लाइफ इन्स्योरेन्स, बीपीडब्ल्यू लघुवित्त र सिटी होटलको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ। त्यस्तै, सामुदायिक लघुवित्त ८.१६ र शुभम् पावर कम्पनीको शेयर मूल्य ८.११ प्रतिशतले बढेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
