राष्ट्र बैंकले सार्वजनिक गरेको अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनअनुसार दूध र मासु उत्पादन वृद्धि हुँदा अण्डा उत्पादन भने ठूलो मात्रामा घटेको छ।
काठमाडौँ- राष्ट्र बैंकले सार्वजनिक गरेको एक प्रतिवेदनले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली र तरकारी एवं फलफूल तथा मसला) को उत्पादन ४.३ प्रतिशतले बढेको देखाएको छ। यस्ता बालीले ढाकेको भूभाग भने २.१ प्रतिशतले घटेको छ।
राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को साउनदेखि पुससम्मको तथ्यांकमा आधारित अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन मंगलबार सार्वजनिक गरेको थियो। उक्त प्रतिवेदनले खाद्य तथा अन्य बालीको उत्पादन मात्र ५.७ प्रतिशतले बढेको देखाएको छ।
त्यस्तै तरकारी तथा बागवानीको उत्पादन ४.५ प्रतिशतले बढेको छ। फलफूल र मसलाको उत्पादनमा भने क्रमशः ५.२ प्रतिशत र ८.४ प्रतिशतले घटेको छ।
प्रतिवेदनअनुसार पशुजन्य उत्पादनअन्तर्गत दूध उत्पादन १.२ प्रतिशत र मासु उत्पादन १.७ प्रतिशतले वृद्धि भएको छ। अर्धवार्षिक अवधिमा अण्डा उत्पादन २६.३ प्रतिशतले घटेको छ। वनजन्य उत्पादनअन्तर्गत काठ उत्पादन १६.२३ प्रतिशतले र औषधिजन्य वस्तुको उत्पादन ७.४ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा उद्योगको क्षमता उपयोग औसतमा ४३.७ प्रतिशत छ। यो अवधि बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामा औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जाको अंश २७.९ प्रतिशत छ।
पुस मसान्तसम्ममा घरजग्गा रजिष्ट्रेशन संख्या ५०.०३ प्रतिशतले घटेर एक लाख ९६ हजार पाँच सय ९५ कायम भएको छ। जग्गा रजिस्ट्रेशनबाट प्राप्त हुने राजस्व नौ अर्ब ९० करोड रुपैयाँ पुगेको प्रतिवेदनमा जनाइएको छ। घर तथा भवनको स्थायी नक्सा पास संख्या ३७.५ प्रतिशतले घटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
