ललिता निवासको सबैभन्दा बढी २९ रोपनी जग्गा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र उनका परिवारको सदस्यको नाममा छ। सुधीरकुमार शाहको नाममा पाँच रोपनी छ।
काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले मीनबहादुर गुरुङ र सुधीरकुमार शाहको नाममा बालुवाटारस्थित ललिता निवासको ३४ रोपनी जग्गा रहेको दाबी गरेको छ। गुरुङ भाटभटेनी सुपरमार्केटका सञ्चालक हुन् भने शाह पूर्वनिर्वाचन आयुक्त हुन्।
सीआईबीका अनुसार गुरुङ र उनको परिवारको नाममा मात्र ललिता निवासको २९ रोपनीभन्दा बढी जग्गा छ। सीआईबीले बुधबार गरेको पत्रकार सम्मेलनमा प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले गुरुङ र उनको परिवारको नाममा २९ रोपनी जग्गा रहेको देखिएको बताए।
यस्तै, पूर्वनिर्वाचन आयुक्त शाहले मालपोत कार्यालय भक्तपुरको तत्कालीन अधिकृत हुँदा पाँच रोपनीभन्दा बढी ललिता निवासको जग्गा हडपेको पनि प्रहरीको भनाइ छ। प्रहरीले मंगललबार गुरुङ र शाहसहित मालपोत कार्यालयका तत्कालीन कर्मचारी धर्मप्रसाद गौतम र गोपाल कार्कीलाई पक्राउ गरेको थियो।
उनीहरूबाहेक पक्राउ परेका अन्य तीन जना भने यसअघि नै सर्वोच्चबाट जारी 'स्टे अडर'का कारण मंगलबार नै छुटेका थिए। उनीहरूलाई हिरासतबाहिर राखेर अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएको पाइएपछि कागज गरेर छाडिएको प्रहरीले जनाएको छ। यसरी छाडिनेमा कलाधर देउजा, सुरेन्द्रमान कपाली र हुपेन्द्रमणि केसी छन्। देउजा मालपोत कार्यालय डिल्लीबजारका तत्कालिन प्रमुख र कपाली कर्मचारी हुन्।
प्रहरी हिरासतमा रहेका गुरुङ र शाहसहित चार जनालाई भने काठमाडौँ जिल्ला अदालतले सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। २०४९ देखि २०६९ सालसम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको घटनामा सीआइबीले अनुसन्धान गरिरहेको छ।
ललिता निवास प्रकरणमा यसअघि ३०० जनालाई प्रतिवादी बनाएर सीआईबीले जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो। तर, सरकारी वकिलको कार्यालयले थप अनुसन्धान गर्नुपर्ने जनाउँदै फाइल फिर्ता पठाएको थियो। त्यसपछि सीआइबीले पुन: अनुसन्धान थालेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
