गैरआवासीय नेपाली संघको आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलनमा मध्यपूर्वका देशसहित यूरोप, अमेरिका, जापानलगायत विभिन्न मुलुकका करीब ५०० प्रतिनिधिको सहभागिता छ।
काठमाडौँ- गैरआवासीय नेपाली संघको आठौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन बुधबारबाट ओमनको राजधानी मस्कटमा शुरू भएको छ। सम्मेलनको उद्घाटन उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले गरेका छन्।
गैरआवासीय नेपाली संघको मध्य पूर्व क्षेत्रीय परिषद्को मुख्य आयोजना र राष्ट्रिय समन्वय परिषद् ओमनको अतिथ्यतामा सम्मेलन भइरहेको छ। सम्मेलनको मूल नारा ‘अनिवार्य सामाजिक सुरक्षा र सम्मानित वैदेशिक रोजगार, रेमिट्यान्सको सही लगानी राष्ट्र निर्माणको आधार’ भन्ने छ। सम्मेलनको पहिलो दिन उद्घाटन सत्रसहित गैरआवासीय नेपाली संघको सांगठनिक एवं राष्ट्रिय समन्वय परिषद्बारे छलफल भइरहेको छ।
दोस्रो र तेस्रो दिन क्रमशः वैदेशिक, रोजगार, सामाजिक सुरक्षा कोषलगायत विषयमा विभिन्न सत्रमा छलफल हुने जनाइएको छ। मुख्यतया, मध्य पूर्वमा रहेका नेपाली श्रमिकका सवाल, राष्ट्रिय अर्थतन्त्रमा ओझेलमा परेको उनीहरुको योगदान, श्रमिक र उनीहरुका परिवारको जीवनमा तात्विक परिवर्तन हुन नसकेको परिस्थिति लगायत विषयमा छलफल हुने गैरअवासीय नेपाली संघले जनाएको छ।
त्यस्तै, सम्मेलनमा मध्यपूर्वमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका नेपालीको मताधिकार, वैदेशिक रोजगारीमा जाने युवाका लागि भाषा, सीपमूलक तालिम, फर्केर नेपाल आएका युवा–युवतीका लागि उद्यममा लाग्न प्रोत्साहन तथा समाजमा पुनःस्थापना लगायत विषयमा पनि छलफल हुनेछ।
सम्मेलनले मध्यपूर्वमा कार्यरत नेपाली माझ स्थानीय भाषा र कानूनमा ज्ञानको कमी तथा सूचना अभावलगायत विविध कारणले जेल–जीवन बिताउनु परेको र काम गर्ने क्रममा गम्भीर दुर्घटनामा परी अंगभंग भएका श्रमिकका समस्या निराकरणका लागि सुझाव दिने पनि बताइएको छ।
सम्मेलनमा भाग लिन सांसद रघुवीर महासेठ, वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहाल, कार्यकारी निर्देशक द्वारिका उप्रेती, सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीलगायत पनि मस्कट पुगेका छन्। सम्मेलनमा मध्यपूर्वसहित यूरोप, अमेरिका, जापानलगायत विभिन्न मुलुकका करीब ५०० प्रतिनिधिको सहभागिता छ। सम्मेलन मस्कट घोषणापत्र जारी गर्दै आगामी शुक्रबार सम्पन्न हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
