बुधबार भएको गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु भएको र त्यसमा नेपाली रहेको बताइएको छ। मृतक नेपाली सुरक्षा गार्डको नाम र ठेगाना खुलेको छैन।
साउदी अरेबियाको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षा गार्डसहित दुई जनाको मृत्यु भएको छ।
बुधबार भएको गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु भएको स्थानीय प्रहरी र वाणिज्य दूतावासका प्रवक्तालाई उद्धृत गर्दै सीएनएनले जनाएको छ। मृतक नेपाली सुरक्षा गार्डको नाम र ठेगाना खुलेको छैन।
साउदीको समाचार एजेन्सी एसपीएका अनुसार जेद्दामा रहेको अमेरिकी वाणिज्य दूतावास भवन नजिकै कारमा सवार एक व्यक्ति हातमा बन्दुक लिएर निस्किए। त्यसपछि सुरक्षा बलसँगको गोली हानाहान भएको थियो। "वाणिज्य दूतावासको सुरक्षा गार्डमा कार्यरत एक नेपाली कामदार घाइते भए र पछि उनको मृत्यु भयो," समाचार एजेन्सी एसपीएले भनेको छ।
वाणिज्य दूतावासका प्रवक्ताले पनि घटनाको पुष्टि गरेका छन्। "त्यहाँ दुईजनाको मृत्यु भएको थियो, जसमा वाणिज्य दूतावासको स्थानीय गार्ड फोर्सका एक सदस्य र साउदी सुरक्षा बलबाट मारिएका आक्रमणकारी पनि थिए," उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
