विश्व स्वास्थ्य संगठनको क्यान्सर अनुसन्धान शाखा आईएआरसीले कृत्रिम गुलियोमध्ये ‘एस्पार्टेम’लाई क्यान्सरकारक सूचीमा राख्ने तयारी गरेको छ।
एक अग्रणी विश्व स्वास्थ्य निकायले कृत्रिम गुलियोमध्ये एकलाई क्यान्सरकारक घोषणा गर्ने तयारी गरिरहेको यस प्रक्रियाबारे जानकार दुई स्रोतहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले जनाएको छ।
कोका–कोला, डाइट सोडादेखि मंगलग्रह पठाइने एक्स्ट्रा चुइङगम र केही स्न्यापल ड्रिंक्सका उत्पादनमा प्रयोग हुने ‘एस्पार्टेम’लाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को क्यान्सर अनुसन्धान शाखा इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर (आईएआरसी)ले जुलाईमा ‘मानिसका लागि सम्भावित कार्सिनोजेनिक’ सूचीमा राख्ने तयारी गरेको हो।
आईएआरसीले आफ्नो निष्कर्षलाई बाहिरी विज्ञहरूसँगको बैठकपछि यसै महिनाको शुरूमा अन्तिम रूप दिएको थियो। बैठकको उद्देश्य हाल प्राप्त प्रमाणहरूका आधारमा ‘एस्पार्टेम’को प्रयोगमा सम्भावित खतरा छ कि छैन भन्ने आकलन गर्नु रहेको थियो।
डब्लुएचओको योजक समिति जेईसीएफएले पनि यस वर्ष एस्पार्टेम प्रयोगबारे समीक्षा गरिरहेको छ। यसको बैठक जुनको अन्त्यमा शुरू भएको थियो। आईएआरसीले जुलाई १४ मा आफ्नो निर्णय सार्वजनिक गरेकै दिन यसको निष्कर्ष सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। आईएआरसीका प्रवक्ताले आईएआरसी र जेईसीएफए समितिको निष्कर्ष जुलाईसम्म गोप्य रहने बताएका छन्।
आईएआरसीले आफ्नो समीक्षामा १ हजार ३०० अध्ययनहरूको मूल्यांकन गरेको बताएको छ। एस्पार्टममाथि वर्षौंदेखि व्यापक अध्ययन भइरहेको छ। गत वर्ष फ्रान्समा एक लाख वयस्क मानिसमा गरिएको अध्ययनले एस्पार्टेमलगायत कृत्रिम गुलियोको बढी सेवनले क्यान्सरको जोखिम बढ्ने सम्भावना देखाएको थियो।
सन् २० को दशकको शुरूमा इटालीको रामाजिनी इन्स्टिच्युटले गरेको एक अध्ययनले पनि मुसामा हुने केही क्यान्सर एस्पार्टेमसँग जोडिएको देखाएको थियो। यद्यपि, पहिलो अध्ययनले एस्पार्टेमले क्यान्सरको जोखिम बढाएको प्रमाणित गर्न सकेन भने दोस्रो अध्ययनको पद्धतिबारे व्यापक प्रश्नहरू उठाइयो।
एस्पार्टमलाई नियामकहरूद्वारा विश्वव्यापी रूपमा प्रयोगको लागि अनुमति दिइएको छ। आईएआरसीको निर्णयले ठूलो प्रभाव पार्न सक्ने आकलन गरिएको छ। प्रमुख खाद्य र पेय निर्माताहरूले दशकौँदेखि यसको प्रयोगको बचाउ गर्दै आएका छन्।
“आईएआरसी खाद्य सुरक्षा निकाय होइन, एस्पार्टेमको समीक्षा वैज्ञानिक रूपमा व्यापक पनि छैन र बदनाम गराउने अनुसन्धान केन्द्रित छ,” इन्टरनेसनल स्वीटनर्स एसोसिएसन (आईएसए)का महासचिव फ्रान्सिस हन्ट-वुडले रोयटर्ससँग भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
