नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मौलिकताबिनाका आन्दोलन सफल हुन नसक्ने बताए।
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विचारबिनाका पार्टीहरूको लहर चलेको टिप्पणी गरेका छन्।
बिहीबार मदन भण्डारीको ७२औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक पार्टीहरू समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्ने भए पनि अहिले विचारविहीन पार्टीहरूको लहर चलेको बताएका हुन्।
“राजनीतिक पार्टीहरू समाजलाई कसरी अघि बढाउने भन्ने विचार बोकेर अघि बढ्छन्। अहिले एउटा लहर चलेको छ। विचार नचाहिने, बिनाविचार विचार लिएर हामी आयौँ भन्ने लहर चलेको छ,” उनले भने।
उनले राजनीतिक दल र नेताहरूले गरेका योगदान बिर्सिँदै गएको बताए। उनले आफ्ना अभिभावकको योगदानको कदर गर्ने परिपाटीको अन्त्य हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे। उनले अहिले समाजमा देखिएको उतारचढावलाई चिरेर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए।
“धेरै उतारचढावबाट यो समाज यहाँसम्म आइपुगेको हो। आज पनि समाज अनेक प्रकारका रस्साकस्सीका बीचबाट अघि बढेको छ। यस रस्साकस्सीको बीचबाट समाज कसरी अघि बढाउने भन्ने सन्दर्भमा जानुपर्ने छ,” उनले भने। अध्यक्ष ओलीले मौलिकताबिनाको आन्दोलनहरू सफल हुन नसक्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
