प्रतितोला १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

छापावाल सुन प्रतितोला ९४ हजार ५०० र तेजावी सुन ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

काठमाडौँ– एकै दिन सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९४ हजार ५०० र तेजावी सुन ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार १०० र तेजवी सुन प्रतितोला ९२ हजार ६०० थियो। यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ।

अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रुपैयाँले बढेर १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।