पहिरो झरेर सडकमा थुप्रिएकाले पन्छाउन कम्तीमा सात घण्टा लाग्ने प्रहरीले जनाएको छ।
भरतपुर– पहिरो खसेपछि बिहीबार दिउँसोदेखि बन्द रहेको रायणगढ–मुग्लिन सडक अझै खुल्न सकेको छैन।
शुक्रबार बिहानसम्म पनि पहिरो पन्छाउन सकिएको छैन। चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि सडक बन्द भएको हो।
पन्छाउने तयारी गरिए पनि पहिरो खस्ने क्रम जारी रहेकाले बाधा पुगेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए। पहिरो झरेर पहाड बनेको र पन्छाउन छ/सात घण्टा लाग्ने उनको भनाइ छ।
“दिनभर पहिरो पन्छाएर पनि सडक सञ्चालन गर्न सक्ने अवस्था छैन,” तामाङले भने, “डोजर तयारी अवस्थामा राखिएको छ।” सडकमा गाडीको लामो लाइन लागेको छ।
काठमाडौँबाट भरतपुरतर्फ आएका सवारीसाधन मुग्लिन र कुरिनटार क्षेत्रमा रोकिएका छन् भने नारायणगढबाट काठमाडौँ, पोखरातर्फ जाँदै गरेका सवारीसाधन जलबिरे क्षेत्रमा रोकिएका छन्। यात्रुलाई वैकल्पिक राजमार्ग प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ।
बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पटकपटक पहिरो जाने र बाटो अवरुद्ध हुने गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
