सडक अवरुद्ध हुँदा रामपुर पिपलडाँडा हुँदै तानसेन, बुटवल, नारायणगढलगायत स्थानमा पुग्ने सवारीसाधन बीचमै रोकिएका छन्।
रामपुर– अविरल वर्षाका कारण पहिरो खसेपछि कालीगण्डकी करिडोर (सडक) अवरुद्ध बनेको छ।
करिडोरअन्तर्गत पाल्पाको रम्भा गाउँपालिका–२ र ३ को सिमानामा रहेको सहर्दीखोला पुल नजिकै पहिरो खसेको छ। सडक अवरुद्ध हुँदा करिडोर भएर आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बीचबाटोमै अलपत्र परेका छन्।
शुक्रबार बिहान पाँच बजेदेखि सडक अवरुद्ध भएको स्थानीय सञ्चारकर्मी प्रकाश ज्ञवालीले जानकारी दिए। करिडोरको रामपुर पिपलडाँडा हुँदै तानसेन, बुटवल, नारायणगढलगायत स्थानमा पुग्ने सवारीसाधन बीचमै रोकिएका छन्।
सडकमाथिबाट पहिरो खस्ने क्रम जारी छ। पहिरो हटाउन कम्तीमा पाँच घन्टा लाग्नसक्ने ज्ञवालीले जानकारी दिए।
तानसेन नगरपालिका–५ ढुंगाखानीमा पहिरो खसेकाले तानसेन रिडी सडकखण्ड पनि अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले जानकारी दिए।
सिद्धार्थ राजमार्गअन्तर्गत आर्यभन्ज्याङ–राम्दी सडकखण्ड पनि अवरुद्ध बनेको छ। माथागढी गाउँपालिका–१ धैरेनीमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
सो सडक अवरुद्ध हुँदा बुटवल–पोखरा चल्ने सवारीसाधन रोकिएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
