उम्मेदवारी घोषणा गर्नेमा वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष प्रज्वल बस्नेत र महासचिव राजु निरौला छन्। दुवैले शैक्षिक परामर्श व्यवसायलाई थप मर्यादित र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)को महाअधिवेशन असार २३ गते हुँदैछ। नयाँ नेतृत्व चयनका लागि हुन लागेको महाधिवेशमा दुई जनाले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।
उम्मेदवारी घोषणा गर्नेमा वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष प्रज्वल बस्नेत र महासचिव राजु निरौला छन्। दुवै जनाले शैक्षिक परामर्श व्यवसायलाई थप मर्यादित र व्यवस्थित बनाउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
महाधिवेशनले अध्यक्षसहित तीन उपाध्यक्ष, महासचिव, दुई सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, दुई सचिव र सात जना सदस्य निर्वाचित गर्नेछ। थप दुई सदस्य मनोनीत हुने व्यवस्था फेकनको विधानमा छ।
अध्यक्षका दुई प्रत्यासीले प्यानल भने बनाइसकेका छैनन्। तर, स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा हुन थालेको छ। मेगा माइन्ड एजुकेशन कन्सल्टेन्सीका सन्जय बस्नेतले आफूले स्वतन्त्र रूपमा कार्यकारी सदस्यमा उम्मेदवारी दिन लागेको बताए। शैक्षिक परामर्शमा देखिएका विकृतिविरुद्ध लड्न आफूले स्वतन्त्र रूपमा उम्मेदवारी दिने तयारी गरेको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
