पार्टीले चाहेर पनि आदिवासी जनजातिको सहभागिता सबै क्षेत्रमा सन्तोषजनक बनाउन नसकेको देउवाले स्वीकारेका छन्।
काठमाडौँ– कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका विभिन्न भाषा र संस्कृतिहरू पर्यटनको मुख्य आधार बन्न सक्ने बताएका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आदिवासी जनजातिको भाषा र संस्कृतिको संरक्षण गर्दा राज्यलाई नै फाइदा हुने उल्लेख गरे।
मौलिक भाषा र संस्कृतिको संरक्षण गरेर पर्यटन प्रवर्द्धन गर्न सकिने उनको भनाइ थियो। यस्तै, पार्टीले चाहेर पनि आदिवासी जनजातिको सहभागिता सबै क्षेत्रमा सन्तोषजनक बनाउन नसकेको देउवाले स्वीकारेका छन्।
“आदिवासी जनजातिको भाषा र संस्कृतिको संरक्षण गर्दा राज्यलाई नै फाइदा हुने हो। पर्यटनको मुख्य आधार पनि यही बन्न सक्दछ,” देउवाले भने, “तर, हामीले चाहेर पनि विभिन्न कारणले आदिवासी जनजातिको सहभागिता सन्तोषजनक छैन। यसका लागि हामी सबै लाग्नुपर्छ। हाम्रो पार्टी र म लाग्नेछौँ।”
आदिवासी जनजातिको सहभागिता बढ्दा कांग्रेस झनै बलियो र प्रभावशाली बन्ने देउवाको दाबी थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
