स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत सरकार जस्तोसुकै अप्ठ्यारो परिस्थितिको सामना गरेर भए पनि नागरिकलाई स्वास्थ्य सेवा दिन तयार रहेको बताउँछन्।
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नागरिकको उपचार गर्ने दायित्वबाट राज्य पछि हट्न नसक्ने बताएका छन्। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित राष्ट्रिय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले सरकारले विपन्नका लागि १० प्रतिशत शय्या छुट्याएर उपचार निःशुल्क गर्ने व्यवस्था गरिसकेको भन्दै अब जस्तोसुकै बेलामा पनि विपन्न भएकाहरूले उपचार पाउने उल्लेख गरे। उनले सरकार जस्तोसुकै अप्ठ्यारो परिस्थितिको सामना गरेर भए पनि नागरिकलाई स्वास्थ्य सेवा दिन तयार रहेको धारणा राखे।
“विभिन्न कारणले स्वास्थ्य मन्त्रालयको बजेट कटौती भएको थियो। अझै २० प्रतिशत कटौती छ र पनि यो अप्ठ्यारो परिस्थितिमा जनताको उपचार गर्ने राज्यको दायित्वबाट पन्छिँदैनौँ। हामी जनताको उपचार जस्तोसुकै बेलामा पनि गर्नेछौँ।” मन्त्री बस्नेतले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
