खिमलाल देवकोटाको प्रश्न– सत्तारूढ दलका नेता र मन्त्रीको क्षेत्रमा बजेट छुट्याउन संघीयता ल्याइएको हो?
राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट ‘राणाकालीन समयको जस्तो’ भएको टिप्पणी गरेका छन्।
काठमाडौँ– राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट ‘राणाकालीन समयको जस्तो’ भएको टिप्पणी गरेका छन्।
शुक्रबार राष्ट्रियसभाको दोस्रो बैठकमा बोल्दै सांसद देवकोटाले प्रदेशका मुख्यमन्त्रीहरूले अहिलेको बजेटलाई राणाकालमा आएको बजेटको रूपमा चित्रण गरेको बताएका हुन्।
“संघीयतामा आएपछिको पहिलो बजेटबारे प्रदेशका मुख्यमन्त्रीहरूले के जवाफ दिनु भएको थियो भने यो बजेट पञ्चायतकालीन जस्तो छ। त्यो बेला त्यसो भन्ने मुख्यमन्त्रीहरूलाई अहिले मैले सो बजेट कस्तो छ? राणकालीनजस्तो भनेर उत्तर दिनु भयो मलाई,” उनले भने, “मैले संघीयताको सन्दर्भमा खेलेको, बोलेको २० वर्ष भयो। यस अनुभवमा यस्तो खालको बजेट मैले कहिल्यै पनि देखेको छैन।”
उनले ६० प्रतिशत कामको लोड प्रदेश र स्थानीय तहलाई भए पनि सरकारले २३ प्रतिशत मात्रै बजेट विनियोजन गरेर संघीयताको भावना र मर्मविपरीत काम गरेको भन्दै आपत्ति जनाए।
उनले साबिकका गाविसले समेत २ लाखभन्दा कमको योजना नबनाउने भन्ने निर्णयलाई समेत लत्त्याएर सरकारले २ लाखभन्दा कमको आयोजनासहितको बजेट ल्याउनु आपत्तिजनक रहेको बताए। उनले बजेट मन्त्री र नेतामुखी भएको आरोप लगाउँदै त्यसको जिम्मेवारी अर्थमन्त्रीले लिनुपर्ने जिकिर गरे।
“अहिलेका नेपाल सरकारका मन्त्रालयहरूले २ लाखभन्दा साना योजना राखेपछि यसको जबाफदेहिता यी मन्त्रीहरूमा हुनपर्छ कि पर्दैन? अर्थमन्त्रीमा हुन पर्छ कि पर्दैन?” उनले भने। सांसद देवकोटाले के सत्तारूढ दलका नेता र मन्त्रीहरूको निर्वाचन क्षेत्रका लागि बजेट छुट्याउन संघीयता र गणतन्त्र ल्याइएको हो? भनी प्रश्नसमेत गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
