विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार कैद र जरिबानाका साथै खड्काको नाममा रहेको घर जग्गा, बैंक मौज्दात, शेयर र अन्य सम्पत्ति जफत हुने फैसला भएको छ।
काठमाडौँ– विशेष अदालतले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद तथा जरिबाना सजाय सुनाएको छ।
विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, शालिकग्राम कोइराला र खुशीप्रसाद थारूको इजलासले शुक्रबार एक वर्ष तीन महिना कैद र नौ करोड १९ लाख छ हजार ६०० रुपैयाँ बराबर बिगो र सोही बराबर जरिबाना हुने फैसला सुनाएको हो।
विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार कैद र जरिवानाका साथै खड्काको नाममा रहेको घर जग्गा, बैंक मौज्दात, शेयर र अन्य सम्पत्ति जफत हुने अदालतले फैसला गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काले १८ करोड ६६ लाख बराबर अकुत सम्पत्ति आर्जन गरेको दाबीसहित २०७५ पुस २३ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
खड्काकी श्रीमती शर्मिला खड्का र अमिता लामाका नाममा अकुतरूपमा आर्जन गरेको सम्पत्ति लुकाएकोले सबै जफत हुनुपर्ने अख्तियारले मुद्दामा दाबी गरेको थियो।
निगमको कार्यकारी निर्देशक हुँदा जग्गा खरिददेखि अन्य प्रकरणमा खड्का मुछिएका थिए। निगमको जग्गा खरिदसम्बन्धी विवाद अहिले पनि अख्तियारमा तामेलीमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
