भ्रष्टाचार देशको विकराल समस्या भएकाले यसविरुद्धको अनुसन्धान थप तीव्र पार्ने प्रधानमन्त्री दाहालको दाबी छ।
पोखरा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्धको अनुसन्धान थप तीव्र पार्ने बताएका छन्।
शनिबार पोखरामा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री दाहालले भ्रष्टाचार देशको विकराल समस्या भएकाले सरकार पछि नहट्ने दाबी गरेका हुन्।
“नक्कली भुटानी शरणार्थी प्रकरण होस् वा ललिता निवास प्रकरण होस्, यसमा सरकार दृढताका साथ अगाडि बढेको छ। थप तीव्रताका साथ अघि बढ्छ,” उनले भने, “प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान गरिरहेको छ। यो प्रक्रिया अगाडि बढिरहन्छ।”
यसपटक सरकारले भिन्न ढंगले काम गरेको प्रधानमन्त्री दाहालको भनाइ छ। “बजेट पास होला कि नहोला भन्ने तरंग थियो। पारित भइसकेपछि यो तरंग अन्त्य भएको छ। यसपटक हामीले भिन्न ढंगले नै काम शुरू गरेका छौँ,” उनले भने, “जनताका समस्या सम्बोधन गर्न पूरै कोसिस गरिएको छ। विदेशमा रहेका लाखौँ नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरेका छौँ। यसको दूरगामी अर्थ छ।”
राष्ट्र र जनताप्रति इमानदार भएर काम गरिरहेको उनको भनाइ छ।
“छिट्टै चीन भ्रमण हुँदैछ। त्यहाँ पनि देश र जनताको हितमा अधिकतम राम्रो कोसिस हुन्छ,” प्रधानमन्त्री दाहालले भने, “गठबन्धनको सरकार पाँच वर्ष चल्छ। हामी समझदारीका साथ अगाडि बढ्छौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
