कांग्रेस महामन्त्री गगन थापाले एउटै व्यक्ति ५/६ पटक प्रधानमन्त्री बन्ने विधिले पार्टी नचल्ने भएकाले कांग्रेस, एमाले र माओवादीजस्ता पुराना दलहरू एकसाथ संकटमा पर्न थालेको बताएका छन्।
काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई बदल्ने अभियानमा आफू लागिपरेको बताएका छन्। एउटै व्यक्ति ५/६ पटक प्रधानमन्त्री बन्ने पद्धतिले पार्टी नचल्ने भएकाले कांग्रेस, एमाले र माओवादी जस्ता पुराना दलहरू एकसाथ संकटमा पर्न गएको उल्लेख गर्दै उनले आफूले व्यक्तिको नभई पार्टी नै बदल्ने अभियानमा रहेको बताए।
नेपाली कांग्रेस दोलखा–काठमाडौँ सम्पर्क समितिले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले डेमोक्रेसीमा एउटै व्यक्ति पटक पटक प्रधानमन्त्री हुने कुनै पनि देश नभएको दाबीसमेत गरे।
“जुन देशमा व्यक्ति, एउटा नेता पाँच पटक, ६ पटक प्रधानमन्त्री भएको देश मलाई बताइदिनुस्। कहीँ हुँदैन। कुनै डेमोक्रेसीमा हुँदैन। नेपालमा आज किन पुरानो पार्टी संकटमा छन्, थाहा छ?” उनले प्रश्न गर्दै भने, “कांग्रेस, एमाले, माओवादी पार्टी सबै एकसाथ संकटमा पर्नुको थुर्पै कारण मध्येको मूल कारण भनेको ती पार्टीका नेताहरू, खासगरी पार्टीहरू जमेको पोखरी जस्तो भयो।”
उनले कांग्रेस बदल्नका लागि आफू महामन्त्री पद त्याग गर्न पनि तयार रहेको घोषणा गरे। दाग लागेको कांग्रेसको महामन्त्री बन्नुभन्दा सफा कांग्रेसको कार्यकर्ता भएर बस्न आफूलाई मन भएको उनको भनाइ थियो। महामन्त्री थापाले कांग्रेस बदलिए मात्रै देश बदलिने भएकाले पार्टी बदल्ने अभियानमा जुट्न पनि पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरे।
“कांग्रेस बदल्न हामी प्रत्येक बदलिन तयार हुनुपर्छ। म बदलिन तयार छु। म बदलिन तयार छ भनेको मैले पटक पटक भनेको छु– दाग लागेको कांग्रेसको महामन्त्री हुनुभन्दा सफा कांग्रेसको कार्यकर्ता मात्रै भएर बस्दा बडो मजा आउँछ,” उनले भने।
महामन्त्री थापाले कांग्रेस सकियो भनेर नआत्तिन पनि सिंगो पार्टीपंक्तिलाई आह्वान गर्दै आफू बदलिएर देश बदल्ने अभियानमा कांग्रेस जुट्नुपर्ने बताए। उनले गठबन्धन सरकार परिवर्तन हुन सक्ने भए पनि कांग्रेसले शर्तसहित सरकारमा सहभागी हुने गरी नीतिगत निर्णय गरेर अघि बढ्नुपर्ने बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
