काठमाडौँ महानगरपालिकाले ललिता निवासको सार्वजनिक जग्गा खाली गराउन सातदिने ‘अल्टिमेटम’ दिएको छ।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले ललिता निवासको सार्वजनिक जग्गा खाली गराउन सातदिने ‘अल्टिमेटम’ दिएको छ। ललिता निवास क्षेत्रमा पुगेर महानगरको प्रहरी बलले सात दिनभित्र जग्गा खाली गराउन निर्देशन दिएको हो।
नगर प्रहरी प्रमुख राजु पाण्डेसहितको टोली पुगेर जमिन खाली गराउन निर्देशन दिएको हो। “सात दिनभित्र खाली गराउन निर्देशन दिइएको छ,” उनले भने।
आफूलाई जानकारी भएअनुसार त्यहाँ १४३ रोपनी जग्गा रहेको र त्यहाँ निर्मित घरटहरासहितका संरचना खाली गर्ने भनिएको उनले बताए।
उनका अनुसार ललिता निवासको जग्गाका घरटहर बाहेकका ठूला संरचना हटाउने सम्बन्धमा महानगरपालिकाले प्रक्रियाबमोजिम सोमबार सूचना निकाल्ने तयारी गरेको छ।
ललिता निवासअन्तर्गतको खाली रहेको सार्वजनिक जग्गा संरक्षणका लागि काठमाडौँ महानगरपालिकाले पहल थालेको छ। सोहीअनुसार काठमाडौँ महानगर प्रहरीको टोली आइतबार दिउँसो ललिता निवास बालुवाटार पुगेका थियो।
विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो।
सोही प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले अनुसन्धान गरिरहेको छ। ललिता निवासको जग्गा हिनामिनासम्बन्धी मुद्दा विशेष अदालत र सर्वोच्च अदालतमा पनि विचाराधीन छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
