आइतबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक विधेयक, २०८०’ पारित गरियोस् भनी राखेको प्रस्ताव बहुमतले स्वीकृत भएको छ।
काठमाडौँ– प्रतिनिधिसभाबाट ‘आर्थिक विधेयक, २०८०’ पारित भएको छ। आइतबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले सो विधेयक पारित गरियोस् भनी राखेको प्रस्ताव बहुमतले स्वीकृत भएको हो।
त्यसलगत्तै अर्थमन्त्री महतले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ माथिको दफावार छलफल गरिसोस् भन्ने प्रस्ताव पेश गरेका छन्।
त्यसअघि सांसदहरूले विधेयकमाथि आफ्नो धारणा राखेका थिए। धारणा राख्ने क्रममा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले हवाई इन्धनमा १० प्रतिशत विमानस्थल पूर्वाधार विकास कर लगाउन माग गरे।
“हवाई इन्धनमा १० प्रतिशत विमानस्थल पूर्वाधार विकास कर लगाइनुपर्छ। सार्वजनिक यातायात भनेको गरिब चढ्ने हो, त्यहाँ पूर्वाधार विकास कर लगाइनु हुँदैन,” उनले भने।
उनले सार्वजनिक यातायातमा भने पूर्वाधार विकास कर लगाउनु नहुने बताए। उनले तीन सयसम्मको सिम कार्ड रिचार्जमा २ प्रतिशत शुल्क नलाग्ने गर्नुपर्ने बताए। त्यस्तै, निजी दूरसञ्चार प्रदायक राज्यको स्वामित्वमा ल्याउन माग गरे।
त्यस्तै, छलफलमा बोल्दै प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले आर्थिक वर्ष २०८०/८१ को बजेट गरिबका लागि नबनेको आरोप लगाइन्। उनले खानेकुरामा समेत कर लगाइएको भन्दै असन्तुष्टि व्यक्त गरिन्।
“बजेट गरिबका लागि बनेको हुँदै होइन। खानेकुरामा कर लगाइएको छ। किसानको पक्षमा बजेट नआएको। अर्थ विधेयकमा गरिब मान्छेका लागि साँच्चै केही छैन” उनले भनिन्। उनले अर्थ विधेयकमा गरिब मान्छेका लागि केही नभएको बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
