सरकारले ल्याएको बजेट र आर्थिक विधेयक गरिबको पक्षमा नभएको सांसदहरूले भने पनि मन्त्री महतले वर्तमान अवस्था हेरी सन्तुलन कायम गरेर बजेट ल्याएको तर्क गरेका छन्।
काठमाडौँ– अर्थमन्त्री प्रकाशशरण महतले सरकारले हुनेखाने वर्गलाई लक्षित गरेर केही वस्तु तथा सेवामा करवृद्धि गरिएको बताएका छन्।
आइतबार प्रतिनिधिसभामा ‘आर्थिक विधेयक, २०८०’माथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा. महतले सरकारले गरिबका पक्षमा बजेटमा करको व्यवस्था गरेको बताए। यसअघि सांसदहरूले सरकारले ल्याएको बजेट र करवृद्धि गरिब जनताप्रति लक्षित नभएको भन्दै प्रश्न गरेका थिए।
मन्त्री महतले सरकारले आवश्यकता र विभिन्न देशमा व्यवस्था भएबमोजिम हवाई भाडा तथा लक्जरी करको व्यवस्था गरिएको दाबी गरे। मुलुकभित्र हुनेखाने हैसियत बनाएको वर्गलाई लक्षित गरेर यी लगायतका वस्तु तथा सेवामा कर लगाएको उनको तर्क थियो।
“हैसियत भएका वर्गहरूका लागि लक्षित गरेर केही वस्तु तथा सेवामा कर बढाएका छौँ। न्यून वर्गले प्रयोग गर्ने वस्तु तथा सेवा कर बढाएका छैनौँ। सरकारले ल्याएको बजेट र आर्थिक विधेयक गरिबको पक्षमा छैन,” उनले भने।
मन्त्री महतले सरकारले ल्याएको बजेट र आर्थिक विधेयक गरिबको पक्षमा नभएको सांसदहरूले भने पनि वर्तमान अवस्था हेर सन्तुलन कायम भएर आएको तर्क गरे। उनले सरकारले हैसियत हेरेर विलासिताका वस्तुमा कर लगाएको बताए।
विलासिता कर पाँचतारे होटल वा सो स्तरको रिसोर्ट, १० लाखभन्दा बढी हीरा–मोती खरिद गर्ने र ५० लाखभन्दा बढी आम्दानी गर्नेका लागि कर बढाइएको भन्दै यो व्यवस्थाले गरिबलाई नछुने उनको भनाइ छ। “यसरी सरकारले अलि हुने खानेलाई मात्रै लगाएको छ कसरी गरिबलाई लगायो। त्यसरी नबुझ्न सांसदहरूलाई अनुरोध गर्छु,” उनले भने।
सरकारले आलु–प्याजमा कर मुलुकभित्रै उत्पादन वृद्धि गरी साना–साना किसानलाई प्रोत्साहन दिने उद्देश्यले लगाएको बताएका मन्त्री महतले भने, “नेपालका कृषि उत्पादनहरू आफ्नो आवश्यकता पूर्ति गरेर बजारमा पुर्याउन चाहन्छन्। उनीहरूको उत्पादनलाई सहयोग गर्नुपर्छ।”
उनले कृषि उत्पादन क्षेत्रका बिचौलियाको चलखेल तोड्नका लागि सम्पूर्ण राज्य संयन्त्र क्रियाशील हुन आवश्यक रहेको पनि बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
