बागमती प्रदेशसभाको बैठक प्रतिपक्षी दलका सांसदहरूले अवरुद्ध पारेका छन्। उनीहरूले बजेट संशोधन नगरेसम्म संसद् अवरुद्ध पार्ने चेतावनी दिएका छन्।
मकवानपुर– बागमती प्रदेशसभाको आइतबार अपराह्नमा बसेको पहिलो बैठक प्रतिपक्षले अवरुद्ध गरेको छ। नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का संसदीय दलका नेता सुरेन्द्रराज गोरसाइँले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरिएको बजेट असन्तुलित भएको भन्दै संशोधन गर्न माग गरे। उनले बजेट संशोधन नगरेसम्म संसद् अवरुद्ध गरिरहने घोषणा गरे।
प्रदेशसभा सदस्य गोरसाइँले बजेटमा स्वास्थ्य, शिक्षा, कृषि उत्पादनलाई विशेष प्राथमिकता नदिई सत्तारूढ दलका नेताहरूको आफ्नो जिल्लाका निर्वाचन क्षेत्रमा मात्रै प्रोत्साहित हुने गरी विनियोजित गरेको आरोप लगाए। कूल बजेटको २७ प्रतिशत धादिङ, नुवाकोट र सिन्धुपाल्चोक जिल्लालाई छुटाइएकामा प्राकृतिक नियमअनुसार न्यायसंगत नभएको टिप्पणी उनको छ।
सभामुख भुवनकुमार पाठकले छलफलमा सहभागी हुन अर्का प्रदेशसभाका सदस्यको नाम रोष्टममा बोलाउँदा प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलका सांसदहरूले वयल घेराउ गरी नाराबाजी गरेका थिए। नाराबाजी भएपछि सभामुख पाठकले बैठक १ घण्टाका लागि स्थगित गरेका थिए। उनले प्रदेशसभाको अर्को बैठक अपराह्न ५ः३० बजे बस्ने गरी बैठक स्थगित गरे।
प्रदेशसभाको बैठक आज अपराह्न २ बजे बस्ने भनिए पनि २ घण्टा ढिला गरी अपराह्न ४ बजेपछि मात्रै बसेको थियो। उक्त बैठक आधा घण्टामात्रै सञ्चालन भएको थियो। प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि छलफल हुने कार्यसूची रहेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
