पोखरामा सानाठूला गरी करिब ६०० मासु पसल रहेको महानगरको तथ्यांक छ। सबै मासु पसललाई मापदण्डभित्र आउन समय दिइने र नआउनेलाई बन्द गराउने महानगरले जनाएको छ।
पोखरा- पोखरा महानगरपालिकाले मासु पसललाई व्यवस्थित गर्न शुरू गरेको छ। महानगरले मासु पसल सञ्चालनका लागि तोकिएको न्यूनतम मापदण्ड पूरा गरेका पसललाई एकै प्रकारका साइनबोर्ड तथा व्यवसाय परिचयपत्र वितरण गर्न थालेको छ।
महानगरको पशु सेवा शाखाले आइतबार आयोजना गरेको कार्यक्रममा महानगरप्रमुख प्रमुख धनराज आचार्यले व्यवसायीलाई परिचयपत्र प्रदान गरे। पशु सेवा शाखा प्रमुख नवराज अधिकारीले पशुवध तथा मासु जाँच ऐन २०५५, नियमावली २०५७ तथा महानगरको मासु जाँच निर्देशिकाअनुसारको मापदण्ड पालना गरेका ७४ पसललाई परिचपत्र र बोर्ड प्रदान गरिएको बताए। उनका अनुसार महानगर क्षेत्रमा करिब ६०० ठूला तथा साना मासु पसल छन्।
महानगरले पसलको एकरुपताका लागि सबै पसललाई एकै आकार र बनोटको बोर्ड हस्तान्तरण गरेको छ। महानगर प्रमुख आचार्यले पोखरामा अब मापदण्डविपरीतका 'फ्रेस हाउस' बन्द गरिने बताए। महानगरबाट अनुमति प्राप्त गरेको पसल भएको चिनाउने गरी बोर्ड प्रदान गरिएकाले ती पसलबाट मात्र मासु खरिद गर्न उनले उपभोक्तालाई आग्रहसमेत गरे।
महानगरले पोखरामा व्यवस्थित र सुविधासम्पन्न पशुवधशाला स्थापनाका लागि काम अघि बढाएको आचार्यले जानकारी दिए। उनले भने, “अब केही समयपछि महानगरको बोर्ड नभएको पसलमा मासु खरिद बिक्री नगर्नका हामी सार्वजनिक सूचना जारी गर्नेछौँ, महानगरबाट मान्यता प्राप्त गरेको र व्यवस्थित पसलमा स्वच्छ र स्वस्थ मासु उपलब्ध गराउनुपर्छ।”
महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले स्वच्छ र सफा मासु खान पाउनु उपभोक्ताको अधिकार भएको बताइन्। मापदण्ड पालना नगरेका अन्य पसललाई समेत पूरा गरेर महानगरमा दर्ता भएर परिचपत्र लिन उनले आग्रह गरिन्।
पशु सेवा शाखा प्रमुख अधिकारीले मासु पसललाई बोर्ड र व्यावसायिक परिचपत्र वितरणको काम नेपालमै पहिलोपटक शुरू भएको बताए। उनले भने, “महागनरले मापदण्डविपरीतलाई बन्द गरेर पालना भएकालाई मात्र सञ्चालन गर्नेछ। बाँकी पसलसमेत केही समयपछि मापदण्ड पालनामा आउने विश्वास लिएका छौँ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
