ललिता निवास जग्गा प्रकरणमा अनुसन्धान गरिरहेकाे सीआईबीको टोलीले गृह मन्त्रालयअन्तर्गतको समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई पक्राउ गरेको छ।
काठमाडौँ– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप दुई जनालाई पक्राउ गरेको छ।
सीआईबीका एसएसपी दिनेशकुमार आचार्यका अनुसार सीआईबीको टोलीले सोमबार दिउँसो गृह मन्त्रालय अन्तर्गतको समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र नकक्ली मोही देवनारायण महर्जनलाई पक्राउ गरेको हो। उनीहरूसँगै अहिलेसम्म यो प्रकरणमा नौ जनालाई प्रहरीको नियन्त्रणमा रहेका छन्। तीबाहेक पक्राउ परेका तीन जना अदालतको स्टे–अडरका कारण छुटेका छन्।
त्यस्तै, सीआईबीको टोलीले आइतबार पनि तीन जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–५ का तत्कालीन वडासचिव शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र तत्कालीन नापी कार्यालय सर्भे कर्मचारी रहेका घमानकुमार कार्की रहेका छन्।
यसअघि असार १२ गते सीआईबीले एकै दिन सात जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाट्भटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा, तत्कालीन कर्मचारी धर्मप्रसाद गौतम, सुरेन्द्रमान कपाली, गोपाल कार्की र हुपेन्द्रमणि केसी रहेका थिए। अदालतबाट पक्राउविरुद्ध पहिल्यै ‘स्टे–अर्डर’ लिएका देउजा, केसी र कपाली रिहा भएका हुन्।
त्यसपछि आफूहरूलाई हदम्याद कटिसकेको मुद्दामा पक्राउ गर्नु अवैध रहेको भन्दै हिरासतमुक्त गर्न माग राखेर शाह, गुरुङ र गौतमले बन्दी प्रत्यक्षीकरणको सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले गृह मन्त्रालयका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।
विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो। सोही प्रकरणमा सीआईबीले पुनः अनुसन्धान फाइल खोल्दै आरोपितहरूलाई नियन्त्रणमा लिएको हो। यो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको र सर्वोच्च अदालतमा परेको मुद्दा विचाराधीन छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
