पछिल्लो एक सात उच्च अंकले वृद्धि भएर २१ सय बिन्दुमाथि पुगेको नेप्से पुनः २ हजारकाे बिन्दुमा झरेको छ।
काठमाडौँ– साताको पहिलो कारोबारको दिन आइतबार ५३.७० अंक घटेको नेप्से परिसूचकमा दोस्रो कारोबार दिन सोमबार पनि दोहोरो अंकको गिरावट देखिएको छ।
साताको दोस्रो कारोबार दिन नेप्से २१.३२ अंक घटेर २०७५.९७ बिन्दुमा झरेको हो। पछिल्लो एक सात उच्च अंकले वृद्धि भएर २१ सय बिन्दुमाथि पुगेको नेप्से पुनः २ हजारकाे बिन्दुमा झरेको छ।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स ४.१७ अंकले घटेको छ भने फ्लोट इन्डेक्स १.५५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.२९ अंकले घटेको छ।
सोमबार कारोबारमा आएको २७६ कम्पनीको ९४ लाख १८ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोड १० लाख ७८ हजार रुपैयाँ बराबरको कारोबार भयो। आइतबारको तुलनामा सोमबार कारोबार रकम पनि गिरावट आएको छ। आइतबार ५ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको थियो।
नेप्सेका १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक २.०७ प्रतिशत बढेको भने बैंकिङ, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, जलविद्युत र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ।
सोमबार नेप्से २१.३२ अंकले गिरावट आए पनि तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा सीवाईसी लघुवित्त वित्तीय संस्था, बीपीडब्लु लघुवित्त वित्तीय संस्था र सिटी होटलको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
तर, सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ७.१३ प्रतिशत घटेको छ। सोमबारको कारोबारमा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको २३ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
