गायक राज सिग्देलको नयाँ गीतको भिडियो सार्वजनिक

भिडियोमा विजय पुन, सचिन परियार, आयुषा गौतम लगायतका कलाकारले अभिनय गरेका छन्। गीतको रचना महेश श्रेष्ठले गरेका हुन्।

काठमाडौँ– गायक राज सिग्देलको स्वरमा ‘कति पीडा यस्ता हुन्छन् मुटुभरि सजाउँ जस्तो’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ।

उक्त गीतको भिडियोमा विजय पुन, सचिन परियार, आयुषा गौतम लगायतका कलाकारले अभिनय गरेका छन्। गीतको रचना महेश श्रेष्ठले गरेका हुन् भने संगीत सुप्रिमराज विश्वकर्माको छ। 

म्यूजिक भिडियो चित्र मास्की मगरले निर्देशन गरेका हुन्। भिडियो ‘सुप्रिम क्रियसन’ नामक यू–ट्यूब च्यानलमार्पmत सार्वजनिक भएको छ।