प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकले कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापालाई अघि सार्ने निर्णय गरेको छ।
काठमाडौँ– सत्ता गठबन्धनले कोशी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले कोशी प्रदेशको संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको बताए। कोशी प्रदेशमा गठबन्धनबाट कांग्रेस ठूलो दल भएकाले उनलाई मुख्यमन्त्रीमा अघि सारिएको उनको भनाइ थियो। उनले मुख्यमन्त्रीका लागि आवश्यक सांसदहरू खोज्ने जिम्मा पनि कांग्रेसले नै लिनुपर्ने गरी सहमति भएको बताए।
“नेपाली कांग्रेसको संसदीय दलका नेता उद्धव थापालाई गठबन्धनको तर्फबाट मुख्यमन्त्रीको रूपमा अघि सार्ने सल्लाह दिएका छौँ,” उनले भने, “प्रदेश सरकारमा मन्त्रीमण्डलमा राख्नुपर्ने २ सिट खाली छ, अब दलहरूको बीचमा केही नमिलेर अड्किएर बसेका छन्। त्यसमा सबै प्रदेशको समाधान गर्ने सल्लाह गरेका छौँ। अहिले गठबन्धनभित्र सबैभन्दा ठूलो संख्या कांग्रेसको छ। त्यसैले, कांग्रेसलाई मुख्यमन्त्री दिने गरी बाँकी सिट संख्या पनि उहाँहरूलाई नै पुर्याउने जिम्मेवारी दिएका छौँ।”
उपाध्यक्ष पाण्डेले जनमतलाई सरकारमा ल्याउने सहमति भएको पनि बताए। उनले जनमतले दुई मन्त्रालयको दाबी गरे एक मन्त्री र एक राज्यमन्त्री दिने गरी सहमति भएको पनि बताए। “जनमतलाई ल्याउने पनि सल्लाह भएको छ, बोलाएर राखेर सरसल्लाह हुन्छ। दुई वटा मन्त्रालय मागेका छन् भने सम्भव भएन भने राज्यमन्त्री दिएर भए पनि सरकारमा ल्याउने समझदारीपूर्ण कुरा भएको छ,” उनले भने। उनले जनमत पार्टीलाई सकेसम्म एउटा मन्त्रालय लिन आग्रह गर्ने पनि बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
